नेपालमा जम्मा चार हजार सक्रिय संक्रमित

काठमाडौं। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेपालमा जम्मा चार हजार ४२२ जना सक्रिय संक्रमित रहेको जानकारी दिएको छ। मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले आज प्रेस ब्रिफिङको क्रममा यस्तो जानकारी दिएका हुन्।

उनका अनुसार सक्रिय संक्रमितमध्ये तीन हजार २४३ जना संस्थागत आइसोलेसनमा र एक हजार १७९ जना होम आइसोलेसनमा बसेका छन्। नेपालमा रहेका कुल संक्रमितमध्ये सबैभन्दा बढी बागमती प्रदेशमा रहेको मन्त्रालयले जानकारी दिएको छ।

बागमती प्रदेशमा २ हजार ७१५, प्रदेश एकमा ६ जना, लुम्विनीमा १८२, गण्डकीमा ६९, कर्णालीमा ४३ र सुदूर पश्चिम प्रदेशमा २२८ जना सक्रिय संक्रमित छन्। यसैगरी, होम आइसोलेसनतर्फ प्रदेश १ मा १७६, प्रदेश २ मा ६६, बागमतीमा ३०, गण्डकीमा २६६, लुम्विनीमा ४२९, कर्णालीमा १२ र सुदूर पश्चिममा २०० जना छन्।

गत बुधबारदेखि देशभर २४ हजार ७९२ पीसीआर परिक्षण गरिएकोमा जम्मा एक हजार ९९६ जनामा कोरोना संक्रमण देखिएको छ। त्यसमध्ये २४ जनाको मृत्यु भएको मन्त्रालयले जानकारी दिएको छ।

प्रतिक्रिया दिनुहोस्