काठमाडौं। गत २४ घण्टाभित्र विश्वमा पाँच लाख ४९ हजार ६१५ जना कोरोना भाइरसका नयाँ संक्रमित थपिएका छन्। सोही अवधिमा आठ हजार ९४६ जनाको मृत्यु भएको छ।
पछिल्लो तथ्यांकअनुसार विश्वमा कोरोना संक्रमितको संख्या नौ करोड १२ लाख ७५ हजार ९६७ र मृत्यु हुनेको संख्या १९ लाख ५१ हजार ९३३ पुगेको छ।
पछिल्लो २४ घण्टाभित्र थपिएका संक्रमितमध्ये अमेरिकामा सबैभन्दा बढी एक लाख ८८ हजार ९६३ जना रहेका छन्। सोही अवधिमा त्यहाँ कोरोना भाइरसका कारण एक हजार ७५२ जनाले ज्यान गुमाएका छन्।
भारतमा पछिल्लो २४ घण्टाभित्र १२ हजार ४४८ जना नयाँ संक्रमित थपिएका छन्। त्यहाँ थप १६६ जनाले कोरोनाका कारण ज्यान गुमाएका छन्।
वर्ल्डोमिटर्सको तथ्यांकअनुसार गत २४ घण्टाभित्र बेलायतमा ४६ हजार १६९, इटलीमा १२ हजार ५३२, ब्राजिलमा २८ हजार ४३, जर्मनीमा ११ हजार ७६५, रसियामा २३ हजार ३१५, दक्षिण अफ्रिकामा १५ हजार ४६, फ्रान्समा तीन हजार ५८२, कोलम्बियामा १५ हजार तथा इरानमा ६ हजार २०८ जना नयाँ संक्रमित थपिएका छन्।