महाकाली नदी किनारमा अखण्ड रामायण वाचन
कञ्चनपुर। माघे संक्रान्तिको अवसरमा महाकाली नदी किनारमा मकर स्नान गरिएको छ। कोरोना महामारीका कारण स्वास्थ्य सुरक्षा सावधानी अपनाउँदैं भक्तजनले भीमदत्त नगरपालिका–११ भुजेलास्थित नदी किनारमा मकर स्नान गरेका हुन्।

विगतका वर्षझै यो वर्ष पनि मकर स्नान गर्नेहरूको भीड लागेको थियो। कोरोना महामारीका कारण यो वर्ष मकर स्नान गर्नेहरू तुलनात्मक रूपमा कम आएको स्थानीयको भनाई छ।

स्थानीय जनचेतना क्लबको व्यवस्थापनमा मकर स्नान गर्नेहरूसँगै धेरैले ब्रतबन्ध पनि गरेका छन्। स्नान गर्नका लागि महिला र पुरूषका लागि अलग–अलग व्यवस्था मिलाइएको स्थानीय तेजसिंह रावतले जानकारी दिए।

नदी किनारमा यो वर्ष अखण्ड रामायण वाचन समेत गरिएको छ। पुस २८ गतेबाट शुरू भएको रामायण वाचन कार्यक्रमको आज बिहीबार समापन गरिएको छ। महाकाली परमघाम शान्तिघाट समितिका अध्यक्ष तारादत्त जोशीले तीन दिने अखण्ड रामायण वाचन कार्यक्रम गरिएको जानकारी दिए।

अखण्ड रामायण वाचनसँगै भजनकिर्तन समेत गरिएको अध्यक्ष जोशीको भनाई छ। नदी किनारमा शिवालयसमेत स्थापना गरिएको छ। रामेश्वर महादेवको नामले चिनिएको शिवालयलाई अहिले अस्थायी रूपमा स्थापना गरिएको र निकट भविष्यमा राम्रोसँग राखिने अध्यक्ष जोशीले बताए।

विगत वर्षमा मकर संक्रान्तिको अवसरमा भारतका विभिन्न तीर्थस्थलहरू हरिद्वार, प्रयागराज, काशी लगायतका क्षेत्रमा जाने गरेका थिए। तर, कोरोना महामारीका कारण सीमा नाका बन्द हुँदा यो वर्ष भने जान पाएनन्। उनीहरूले समेत महाकाली नदीकै किनारमा स्नान गरेको उनको भनाई छ।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्