काठमाडौं। सरकारले नेपालमा कोरोना भाइरस (कोभिड-१९) विरुद्धको खोपको आपतकालीन प्रयोग गर्न भारतको सिरम इन्स्टिच्युट अफ इण्डिया प्रालिले तयार पारेको ‘कोभिशिल्ड’लाई अनुमति दिएको छ।
नेपालले आज पहिलोपटक कोरोनाविरुद्धको खोपलाई आपतकालीन प्रयोग गर्न दिने अनुमति दिएको हो।
“नेपालमा कोभिड-१९ विरुद्धको खोपको आपतकालीन प्रयोगका लागि २०७७ माघ २ को विभागीय निर्णयानुसार उत्पादक सिरम इन्स्टिच्युट अफ इण्डिया प्रालिको कोभिशिल्ड खोप आपतकालीन प्रयोगका लागि सशर्त अनुमति प्रदान गरिएको व्यहोरा सम्बन्धित सबैको जानकारीको लागि अनुरोध छ,” स्वास्थ्य तथा जनसंख्या मन्त्रालयअन्तर्गतको औषधि व्यवस्था विभागले आज जारी गरेको विज्ञप्तिमा भनिएको छ।
केही दिनअघि भारतले सिरमको ‘कोभिसिल्ड’लाई भारतमा आपतकालीन प्रयोगको लागि अनुमति दिएको थियो। त्यसपछि आज नेपालले पनि उक्त खोपलाई आपतकालीन प्रयोग गर्न दिने निर्णय गरेको हो।
" /> काठमाडौं। सरकारले नेपालमा कोरोना भाइरस (कोभिड-१९) विरुद्धको खोपको आपतकालीन प्रयोग गर्न भारतको सिरम इन्स्टिच्युट अफ इण्डिया प्रालिले तयार पारेको ‘कोभिशिल्ड’लाई अनुमति दिएको छ।नेपालले आज पहिलोपटक कोरोनाविरुद्धको खोपलाई आपतकालीन प्रयोग गर्न दिने अनुमति दिएको हो।

">