काठमाडौं। बेलायतबाट आएका तीन जनामा नयाँ प्रजातिको कोरोना भाइरस संक्रमण पुष्टि भएपछि यसको जोखिम बढेको विज्ञहरूको भनाई छ।
बेलायतमा सेप्टेम्बरको अन्तिमतिर यो प्रजातिको भाइरस देखिएको थियो। बेलायतमा देखिएको झण्डै तीन महिनापछि भयावह रूप लियो। नेपालमा पनि अहिले नै सावधानी नअपनाएको खण्डमा जोखिम बढ्ने विज्ञहरूको चिन्ता हो।
शुक्रराज ट्रपिकल तथा सरूवा रोग अस्पतालको क्लिनिकल रिसर्च युनिटका संयोजक डा.शेरबहादुर पुनले अहिले देखिएको नयाँ प्रजातिले तीन महिनापछि समस्या निम्त्याउन सक्ने बताए।
“बेलायतमा पनि देखिएको तीन महिनापछि अहिले खतरनाक अवस्था सिर्जना गरेको छ। सावधानी अपनाएनौं भने हाम्रो पनि त्यही अनुसार समस्या हुनसक्छ,” डा. पुनले भने।
यो कुनै नयाँ प्रकारको भाइरस नभएर कोरोना भाइरसकै नयाँ प्रकार भएको डा.पुनको भनाई छ। भाइरस पटक–पटक म्युटेसन हुने र आफूलाई अपडेट गरिरहने उनी बताउँछन्।
“यसको कुनै नयाँ लक्षण हुँदैन। भाइरस त पुरानै हो। तर, तीव्र गतिमा फैलिन्छ। यो प्रजाति अहिलेको तुलनामा ७० प्रतिशतको तीव्र गतिमा फैलिन सक्ने देखिएको छ,” उनले भने, “यो कति घातक छ भन्ने अझै पुष्टि भएको छैन। अहिले बनेका खोपले यो प्रजातिलाई काम गर्छ कि गर्दैन भन्नेबारे अध्ययन भइरहेको छ।”
यो भाइरसको संक्रमणदर बढी भएकाले समयमै सावधानी अपनाउन नसकिएको खण्डमा जोखिम बढ्ने उनको भनाई छ। यो प्रजातिको भाइरस छ वा छैन भन्ने कुरा पीसीआर परीक्षणबाट पत्ता नलाग्ने डा. पुनको भनाइ छ। “यो प्रजाति पीसीआर गरेर पत्ता लाग्दैन।
त्यसका लागि जिन सिक्वेन्सिङ गरेर मात्र थाहा हुन्छ’’, उनले भने, “त्यसका लागि तत्काल नेपालमा सम्भव छैन। पीसीआर परीक्षण गरेर पोजिटिभ देखिएकाहरूको जिन विदेशको ल्याबमा पठाएर यो बारेमा अध्ययन गर्नुपर्छ।” नेपालले यसको परीक्षण गर्न नसकेपछि हङकङ पठाएको थियो।
बेलायतले उक्त नयाँ प्रजातिको कोरोना भाइरस देखिएपछि सावधानी नअपनाउँदा अहिले जोखिम बढेको जनस्वास्थ्यविद् डा.रमेश आचार्य बताउँछन्। यसको संक्रमण भारतमा पनि देखिएको छ। नेपाल भारत खुल्ला सीमाका कारण आवातजावत भइरहेकाले पनि यसको जोखिम बढेको उनको भनाई छ।
“अहिले नेपालमा स्वास्थ्य सुरक्षा सावधानी अपनाउन छाडिएको छ। त्यसमा पनि राजनीति दलका प्रदर्शन, जुलुस, सभाले यसको खतरा बढाएको छ”, डा. आचार्यले भने।
भाइरसको नयाँ प्रजाति भन्ने वित्तिकै आत्तिहाल्नुपर्ने अवस्था भने छैन । अहिलेसम्म जे जस्तो स्वास्थ्य सावधानी अपनाइरहेका थियौं त्यसैलाई निरन्तरता दिनुपर्ने डा. पुनको भनाई छ।
“अहिले सावधानी पनि अपनाउन छोडिएको छ। त्यसमा झन् पार्टीका धर्ना, जुलुस, प्रदर्शनले गर्दा कोरोनाको जोखिम बढ्छ। यसको असर तत्काल नदेखिएपनि दुई तीन महिनापछि देखाउँछ”, डा. पुनले भने।