ललितपुर । ललितपुर महानगरपालिकाले पाटन अस्पताललाई अक्सिजन प्लान्ट स्थापनाका लागि १ करोड प्रदान गरेको छ ।
ललितपुर महानगरपालिकाद्वारा मंगलबार आयोजित कार्यक्रममा महानगरका प्रमुख चिरीबाबु महर्जनले पाटन अस्पतालका निर्देशक रवि शाक्यलाई चेक हस्तान्तरण गरे । चेक हस्तान्तरणअघि नगरप्रमुख महर्जन र शाक्यले सम्झौतापत्रमा हस्ताक्षर रहेका थिए ।
कार्यक्रममा ललितपुरका प्रमुख महर्जनले कोभिड-१९ को महामारीका बेला पाटन अस्पतालले उत्कृष्ट काम गरेको बताउँदै त्यसको सम्मान गर्न सहयोग गरेको बताए । पाटन अस्पताल महानगरपालिकाभित्र हुनु गौरवको कुरा भएको बताउँदै उनले भने, “नेपाल सरकारले अन्य स्थानीय तहलाई अस्पताल बनाउन आर्थिक सहयोग गर्दा ललितपुर महानगरपालिकालाई सहयोग गरेन, सहयोग नगर्नुको कारण राम्रो सेवा पु¥याइरहेको अस्पताल पाटन अस्पताल ललितपुर महानगरमा छ भनेर नै हो, पाटन अस्पतालले राम्रो सेवा पु¥याउने राम्रो अस्पताल छ भनेर नै हो ।”
नगरप्रमुख महर्जनले पाटन अस्पताल महानगरको आफ्नै अस्पताल भएको बताउँदै घनिभूत रूपमा सहकार्य गर्न आतुर भएको धारणा राखे । उनले भने, “यो सहकार्यको प्रस्थान विन्दु हो ।”
पाटन अस्पताल ललितपुरवासीको मात्रै अस्पताल नभएको बताउँदै ७७ वटै जिल्लाका सर्वसाधारण यहाँ उपचार गर्न आउने प्रमुख महर्जनले बताए ।
महानगरका उपप्रमुख गीता सत्यालले पाटन अस्पताल महानगरपालिकाको गहना अस्पताल भएको बताउँदै मुलुकका उच्चदेखि निम्न वर्गले सर्वसुलभ ढंगबाट उपचार गर्न सक्ने बताइन् । उनले अस्पताललाई महानगरले गरेको यो सहयोग साधारण भएको बताउँदै सहयोग गरेर एउटा इँटा थपेको स्पष्ट पारिन् ।
कार्यक्रममा अस्पतालका निर्देशक डा. रवि शाक्यले पाटन अस्पतालले मुख्य गरी कोभिड बेला गरेको कामलाई ललितपुर महानगरपालिकाले सम्मान गरेको बताउँदै यसले हौसला मिलेको बताए । उनले यसलाई महानगरपालिकाले गरेको सहयोग नभनी उपहार भन्न अनुरोध गरे ।
“उपहार भनेको सानो ठूलो हुँदैन, त्यहाँ मूल्यको कुरा हुँदैन,” उनले भने, “त्यसको अलग्गै अर्थ हुन्छ । राम्रो काम गरेर स्यावासी पाएको रूपमा लिएको छु ।”
यो स्वास्थ्य क्षेत्र र स्थानीय तहबीच गर्न सकिने सहकार्यको राम्रो उदाहरण भएको निर्देशकले बताए । यसको अनुकरण अन्यत्र पनि हुनुपर्ने धारणा व्यक्त गरे ।
पाटन अस्पताल सीमित स्रोतसाधनमा चलेको अस्पताल भएको बताउँदै कोभिडका संक्रमित धेरै आएका बेला १० वर्ष पुरानो अक्सिजन प्लान्ट बिग्रेकाले अक्सिजन सिलिण्डर खरिद गर्नुपरेको स्मरण गरे ।
दिनमा तीन सयवटा अक्सिजन सिलिण्डर खपत हुने गरेको बताउँदै उनले मासिक ३० लाखसम्मको अक्सिजन सिलिण्डर खरिद गर्नुपरेको बताए । “अहिले पनि खरिद गररे नै चलाइरहेका छौं,” निर्देशक रवि शाक्यले भने ।
शाक्यले असार मसान्तसम्म अक्सिजन प्लान्ट स्थापना गर्ने प्रतिबद्धता व्यक्त गरे । कार्यक्रममा सामाजिक विकास सिमितका संयोजक तथा वडा नं. २४ का वडा अध्यक्ष दिनेश कार्कीले पाटन अस्पतालले कोभिड-१९ संक्रमितको बिरामीको उपचारमा प्रशंसनीय काम गरेको बताए । उनले पाटन अस्पतालमा ७७ जिल्लाका सर्वसाधारण उपचार गर्न आउने भएकाले पाटनलाई ललितपुर महानगरले सहयोग गरेको स्पष्ट पारे ।
कार्यक्रममा अस्पतालका मेडिकल डाइरेक्टर इमरान अन्सारी, प्रशासकीय अधिकृत तीर्थराज भुजेल, लिलाराज भुजेलको उपस्थिति थियो । साथै कार्यक्रममा महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत विण्णुप्रसाद कोइराला, २९ वटै वडाका अध्यक्षहरू, महाशाखा प्रमुख, सल्लाहकारहरू सहभागी थिए ।
" /> ललितपुर । ललितपुर महानगरपालिकाले पाटन अस्पताललाई अक्सिजन प्लान्ट स्थापनाका लागि १ करोड प्रदान गरेको छ ।ललितपुर महानगरपालिकाद्वारा मंगलबार आयोजित कार्यक्रममा महानगरका प्रमुख चिरीबाबु महर्जनले पाटन अस्पतालका निर्देशक रवि शाक्यलाई चेक हस्तान्तरण गरे । चेक हस्तान्तरणअघि नगरप्रमुख महर्जन र शाक्यले सम्झौतापत्रमा हस्ताक्षर रहेका थिए ।

">