काठमाडौं। भारत सरकारले नेपाललाई कोरोना भाइरसविरुद्धको १० लाख डोज खोप उपलब्ध गराउने भएको छ।
भारतले अनुदानमा उक्त संख्यामा खोप उपलब्ध गराउन लागेको स्वास्थ्य तथा जनसंख्यामन्त्री हृदयश त्रिपाठीले जानकारी दिए।
मन्त्रालय र भारतीय राजदूतवासले संयुक्त रुपमा आज आयोजना गरेका पत्रकार सम्मेलनमा भारतले अनुदानमा उक्त खोप उपलब्ध गराउने जानकारी दिइएको छ।
पहिलो चरणमा भोलि नै खोप काठमाडौं आइपुग्ने मन्त्री त्रिपाठीले जानकारी दिए।
"याे सहयाेग नेपाल-भारतकाे मित्रताकाे अनुपम उदाहरण हाे, यसअघि पनि स्वास्थ्यकर्मी, स्वास्थ्यसामग्री, औषधिलगायत सहयाेग गरेकाे थियाे। त्यसका लागि भारत सरकारलाई म धन्यवाद दिन चाहन्छु," मन्त्री त्रिपाठीले भने।
खाेप भित्र्याउनका लागि नेपालले सबै कानुनी, आर्थिकलगायतका सबै प्रक्रिया पूरा गरिसकेकाे उनले बताए।
" /> काठमाडौं। भारत सरकारले नेपाललाई कोरोना भाइरसविरुद्धको १० लाख डोज खोप उपलब्ध गराउने भएको छ।भारतले अनुदानमा उक्त संख्यामा खोप उपलब्ध गराउन लागेको स्वास्थ्य तथा जनसंख्यामन्त्री हृदयश त्रिपाठीले जानकारी दिए।

">