काठमाडौं। भारतले दिन लागेको १० लाख डोज कोरोना खोप आज काठमाडौं आइपुग्दैछ । बुधबार मात्र स्वास्थ्यमन्त्री र नेपालका लागि भारतीय राजदूतले संयुक्त रूपमा पत्रकार सम्मेलन गर्दै सो जानकारी गराएका थिए ।
आज आउने खोप तत्काल स्वास्थ्य सेवा विभाग टेकुमा भण्डारण गरिनेछ । त्यहीँबाट प्रत्येक प्रदेशको भण्डारण केन्द्रमा खोप पठाइने स्वास्थ्य सेवा विभाग, खोप महाशाखाका प्रमुख डा.झलक गौतमले जानकारी दिए ।
प्रदेशबाट नै जिल्ला र जिल्लाबाट प्राथमिक स्वास्थ्य केन्द्रहरूमा खोप वितरण गरिने गरी कार्ययोजना बनेको छ। हाल नियमित खोप सेवाका लागि देशभर १६ हजार खोप केन्द्र छन् । ८ हजारको संख्यामा खोप लगाउने जनशक्ति छन् ।
कोरोनाविरुद्धको खोप सञ्चालनका लागि आगामी मंगलबारदेखि प्रशिक्षण दिइने उनको भनाइ छ । भारतले अनुदानमा दिएको १० लाख डोज खोप वितरणका लागि अहिलेकै जनशक्ति तथा स्रोत साधनले भ्याउने डा.गौतमको भनाइ छ । पहिलो चरणमा कति जनालाई खोप दिइनेछ भन्ने यकिन भएको एक साताभित्रमा खोप दिइसकिने डा.गौमत बताउँछन् ।
अहिले नै कहिलेबाट खोप दिइनेछ भनेर ठ्याक्कै मिति तोक्ने अवस्था नरहेको भन्दै सबै आन्तरिक तयारी सकेपछि त्यसको मिति घोषणा गरिने उनको भनाइ छ ।
पहिलो चरणमा ३ प्रतिशतलाई
कोभिशिल्ड खोप पहिलो चरणमा तीन प्रतिशत जनसंख्यालाई दिइनेछ । भारतले दिएको खोप देशभर फ्रन्टलाइनमा खटिएका स्वास्थ्यकर्मीलाई दिइने खोप महाशाखाका प्रमुख डा.गौतमको भनाइ छ ।
स्वास्थ्य संस्थामा काम गर्ने स्वास्थ्यकर्मी पहिलो प्राथमिकतामा पर्नेछन् । त्यसपछि एम्बुलेन्स चालक र शव बाहन चालक र तेस्रो प्राथमिकतामा महिला स्वास्थ्य स्वयंसेविका र सरसफाइ मजदुर तथा सुरक्षाकर्मी पर्नेछन् ।
यसरी छुट्याइएको प्राथमिकता समूहले खोप लगाएपछि मात्र दीर्घरोगी, सुरक्षाकर्मी र शैक्षिक संस्थामा कार्यरत फ्रन्टलाइनरलाई लगाइनेछ । विभागले अहिले स्वास्थ्य संस्थाहरुसँग फ्रन्टलाइनरको नाम मागिरहेको छ।
अन्यका लागि सरकार आफैंले किन्ने
भारतले दिएको अनुदान खोपपछि अन्यका लागि भने सरकार आफैंले किन्नेछ । त्यसको तयारी पनि थालिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए।
कोभ्याक्समार्फत नेपाललाई ६० लाख डोज खोप प्राप्त हुनेछ । तर त्यो आउन ढिलाइ हुनेछ । यसपघि नै सरकारले खोप किनेर लगाइने प्रवक्ता डा.गौतमले बताए ।
“कोभ्याक्समार्फत दिने भनिएको खोप आउन दुई तीन महिना लाग्ने देखिएको छ । त्यसअघि नै हामी खोप किनेर लगाउन थाल्छौं । त्यसका लागि सरकारले तयारी पूरा गरेको छ,” प्रवक्ता डा. गौतमले भने, “अहिले खोप ल्याउनका लागि आवश्यक पर्ने कानूनी झन्झट पनि अन्त्य भएको छ । आर्थिक स्रोत पनि जुटिसकेको छ । हामी चाडै नै खोप किनेर आम नागरिकलाई लगाउँछौँ ।”
" /> काठमाडौं। भारतले दिन लागेको १० लाख डोज कोरोना खोप आज काठमाडौं आइपुग्दैछ । बुधबार मात्र स्वास्थ्यमन्त्री र नेपालका लागि भारतीय राजदूतले संयुक्त रूपमा पत्रकार सम्मेलन गर्दै सो जानकारी गराएका थिए ।प्रदेशबाट नै जिल्ला र जिल्लाबाट प्राथमिक स्वास्थ्य केन्द्रहरूमा खोप वितरण गरिने गरी कार्ययोजना बनेको छ। हाल नियमित खोप सेवाका लागि देशभर १६ हजार खोप केन्द्र छन् । ८ हजारको संख्यामा खोप लगाउने जनशक्ति छन् ।

">