काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले कोभिड-१९ (कोरोना भाइरस) विरुद्धको लडाइँलाई नयाँ चरणमा उठाइएको बताएका छन्।
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारबाट कोभिड-१९ विरुद्धको खोप ‘कोभिशिल्ड’ अभियान उद्घाटन समारोहलाई आज भर्चुअल माध्यमबाट सम्बोधन गर्दै उनले अब खोपमार्फत् सुरू गरिएको नयाँ चरणको लडाइँबाट कोभिडलाई पराजित गर्ने आकाङ्क्षालाई मूर्तरूप दिन सकिने बताए।
छोटो तयारीमै आज एक सय २० स्थानबाट एकैचोटी खोप देशव्यापी प्रारम्भ गरिएको भन्दै उनले १८ गतेसम्ममा ७७ जिल्लाको तीन सय केन्द्रबाट खोप कार्यक्रम अगाडि बढ्ने बताए। उनले अभियान निरन्तर सञ्चालन हुनेसमेत जानकारी दिए।
“यो पहिलो चरणको अभियान हो, कोभिडविरुद्धको यो अभियानलाई सरकारले निरन्तर चलाउँछ,” प्रधानमन्त्री ओलीको भनाइ छ।
गएको एक वर्ष अत्यन्तै कठिन अवधि रहेको उनले बताए। “कोरोना भाइरस माहामारीको रूपमा तीव्र गतिमा फैलियो, यसको अनुभव कसैसँग थिएन र गएको एक वर्ष हाम्रा लागि अत्यन्तै कठिन बन्यो,” प्रधानमन्त्री ओलीले भने, “तैपनि सामना गर्ने गरी हामी अगाडि बढ्यौं।”
उनले कोरोनाविरुद्धको लडाइँमा सामेल भएका सबैलाई धन्यवाद ज्ञापन गरे।
" /> काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले कोभिड-१९ (कोरोना भाइरस) विरुद्धको लडाइँलाई नयाँ चरणमा उठाइएको बताएका छन्।प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारबाट कोभिड-१९ विरुद्धको खोप ‘कोभिशिल्ड’ अभियान उद्घाटन समारोहलाई आज भर्चुअल माध्यमबाट सम्बोधन गर्दै उनले अब खोपमार्फत् सुरू गरिएको नयाँ चरणको लडाइँबाट कोभिडलाई पराजित गर्ने आकाङ्क्षालाई मूर्तरूप दिन सकिने बताए।

">