काठमाडौं। नेपालमा आजबाट कोरोना भाइरसविरुद्धको खोप लगाउन सुरू भएको छ। काठमाडौं उपत्यकाका ११ वटा अस्पतालसहित देशभरका विभिन्न खोप केन्द्रमार्फत पहिलो चरणको खोप अभियान सुरू भएको हो।
काठमाडौंको टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरूवा रोग अस्पतालमा पहिलो खोप निर्देशक डा. सागर राजभण्डारीले लगाए।
टेकु अस्पतालमा एकजना ८० वर्षीया डाक्टरले पनि खोप लगाएका छन्। टेकु अस्पतालका रेडियोलोजिस्ट डा. नेत्रबहादुर अमात्यले कोरोना भाइरसविरुद्धको खोप लगाएका हुन्।
उनी आज यहाँ कोरोना भाइरसविरुद्धको खोप लगाउने सम्भवतः सबैभन्दा ज्येष्ठ नागरिक हुन्। खोप लगाएका डा. अमात्यले कोरोना महामारी अन्त्यका लागि आफूले खोप लगाएको बताए।
देखापढीसँग छोटो प्रक्रिया दिँदै डा. अमात्यले कोरोना खोप पनि अन्य खोपजस्तै सामान्य भएको बताए। “यो संसारमै नयाँ भएकाले धेरैलाई डर लागेको हुनसक्छ। तर, अन्य खोपजस्तै हो। यसमा डराउनुपर्ने कुरै छैन,” डा. अमात्यले भने।
“१० हजार जनामा एक दुई जनामा केही असर देखिन सक्छ। त्यो त अन्य खोप लगाउँदा पनि देखिन्छ। शतप्रतिशत राम्रो कुनै पनि खोप बनेको छैन।”
कोरोना महामारीले संसारभर तहसनहस भइरहेका बेला सबैलाई सकारात्मक सन्देश दिन पनि आफू खोप लगाउन तयार भएको उनको भनाइ छ।
खोप लगाउँदा कोही कसैलाई सामान्य असर देखिने गरेको भन्दै उनले भने, “१० हजार जनामा एक दुई जनामा केही असर देखिन सक्छ। त्यो त अन्य खोप लगाउँदा पनि देखिन्छ। शतप्रतिशत राम्रो कुनै पनि खोप बनेको छैन।”
कोरोना महामारी नियन्त्रणका लागि कोरोनाविरुद्धको खोप नै प्रमुख माध्यम हुने भन्दै उनले सबैलाई नडराई, निर्धक्क भएर खोप लगाउन आग्रह गरे।
अबको २१ दिनमा आफूले दोस्रो डोज लगाउने भन्दै अहिलेसम्म कुनै समस्या नदेखिएको बताए। खोप लगाएपछि आधा घण्टाजति आराम गर्नुपर्ने उनको भनाइ छ।
खोप लगाएका डा. अमात्य केही समयको विश्रामपछि काममा फर्किएका छन्। टेकु अस्पतालमा रेडियोलोजिस्टको रूपमा कार्यरत उनी खोप लगाएको आधा घण्टापछि काममा फर्किएका थिए।
नयाँ युगको सुरूआत भयो : डा. बाँस्तोला
कोरोना भाइरविरुद्धको खोप लगाएका टेकु अस्पतालका रोग विशेषज्ञ डाक्टर अनुप बाँस्तोलाले खोप लगाएपछि नयाँ युग सुरू भएको प्रक्रिया दिए। उनले कोरोनाविरुद्धको भ्याक्सिन (खोप) ‘कोभिशिल्ड’ लगाएका हुन्।
बजारमा चलेको नकारात्मक हल्लाजस्तो नभएको भन्दै उनले भने, “बजारमा नकारात्मक हल्ला चलेजस्तो यो खोप लगाउँदा डराउनु पर्दैन। एलर्जी भएका, गर्भवती र स्तनपान गराइरहेका, बालबालिका लगायतले यो खोप नलगाउँदा राम्रो हुन्छ।”
यो खोप निकै प्रभावकारी भएकाले अब कोरोनाविरुद्धको लडाइँमा नयाँ युग सुरू भएको उनको प्रतिक्रिया छ।
टेकु अस्पतालका निर्देशक डा. राजभण्डारीले खोप लगाउँदा डराउनुपर्ने कुनै कारण नरहेको बताए। यसले कोरोना भाइरसमात्र हटाउने भन्दै उनले बजारमा चलेजस्तो हल्लाको पछाडि नलाग्न सबैमा आग्रह गरे।
" /> काठमाडौं। नेपालमा आजबाट कोरोना भाइरसविरुद्धको खोप लगाउन सुरू भएको छ। काठमाडौं उपत्यकाका ११ वटा अस्पतालसहित देशभरका विभिन्न खोप केन्द्रमार्फत पहिलो चरणको खोप अभियान सुरू भएको हो।काठमाडौंको टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरूवा रोग अस्पतालमा पहिलो खोप निर्देशक डा. सागर राजभण्डारीले लगाए।

">