काठमाडौं। आजदेखि फ्रन्टलाइनरलाई खोप लगाउन थालिएको छ। देशभरबाट एकैसाथ पहिलो चरणमा फ्रन्टलाइनर स्वास्थ्यकर्मीलाई खोप लगाउन थालिएको हो।
आगामी दश दिनभित्र देशभरका चार लाख ३० हजार फ्रन्टलाइनरलाई खोप लगाइसक्ने स्वास्थ्य मन्त्रालयको योजना छ। मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले १० दिनभित्रमा फ्रन्टलाइनर सबैलाई पहिलो डोज खोप दिइने जानकारी दिए।
देशभर तीन सय खोप केन्द्रमार्फत् स्वास्थ्यकर्मी, सरसफाइकर्मी, एम्बुलेन्स चालकलगायतका फ्रन्टलाइनरलाई खोप दिइने उनको भनाइ छ।
आज दिउँसोसम्म देशभरबाट तीन हजारजनाले कोरोना भाइरसविरुद्धको खोप (कोभिशिल्ड) लगाइसकेको मन्त्रालयले जनाएको छ।
अहिलेसम्म कुनै पनि अवान्छनीय घटना नभएको र खोप लगाउनको लागि उत्साहजनक सहभागिता रहेको प्रवक्ता डा. गौतमले बताए।
काठमाडौंका विभिन्न ११ वटा अस्पताल र देशभरका अन्य दुई सय ८९ खोप केन्द्रबाट खोप लगाइनेछ। प्रधानमन्त्री केपी शर्मा ओलीले खोप अभियानको आज बिहान भर्चुअल उद्घाटन गरेका थिए। उद्घाटन कार्यक्रममा राष्ट्रपतिले पठाएको सन्देश समेत पढेर सुनाइएको थियो।
प्रधानमन्त्री ओलीले अबको तीन महिनाभित्रमा सबै नागरिकलाई कोरोना भाइरसविरुद्धको खोप लगाइसकिने बताएका थिए।
" /> काठमाडौं। आजदेखि फ्रन्टलाइनरलाई खोप लगाउन थालिएको छ। देशभरबाट एकैसाथ पहिलो चरणमा फ्रन्टलाइनर स्वास्थ्यकर्मीलाई खोप लगाउन थालिएको हो।आगामी दश दिनभित्र देशभरका चार लाख ३० हजार फ्रन्टलाइनरलाई खोप लगाइसक्ने स्वास्थ्य मन्त्रालयको योजना छ। मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले १० दिनभित्रमा फ्रन्टलाइनर सबैलाई पहिलो डोज खोप दिइने जानकारी दिए।

">