काठमाडौं। नेपालका मुख्य सहरहरूमा पछिल्लो समय कफी ‘कल्चर’कै रूपमा स्थापित हुँदै गएको छ। काठमाडौंमा त प्रत्येक दुई सय मिटरको फरकमा आकर्षक कफी पसलहरू खुल्न थालिसकेका छन्।
कफीको सेवनबाट उच्च रक्तचाप तथा पेटको समस्या हुने निद्रा नलाग्ने जस्ता विश्वास स्थापित भइरहेका बेला अमेरिकामा गरिएको एक अध्ययनले यो स्वास्थ्यका लागि लाभदायक रहेको देखाएको छ।
अमेरिकाको नेसनल क्यान्सर स्कुलकी सोधकर्ता एरिका लफ्टफिल्डले गरेको अध्ययनअनुसार एक दिनमा चारदेखि पाँच कप कफी पिउँदा शरीरलाई थुप्रै खालका फाइदा पुग्छन्।
अमेरिका, युरोप र जापानका विभिन्न स्थानमा १० लाख मानिसमाथि गरिएका १६ फरक अध्ययनबाट धेरै कफी पिउने मानिसमा क्यान्सरको जोखिम १२ प्रतिशत कम हुने देखिएको थियो। कफी अत्याधिक पिउने मानिसको २० प्रतिशत वजन पनि कम भएको थियो। अध्ययनमा सामेलमध्ये ५७ हजार मानिस क्यान्सरबाट पीडित थिए।
वर्षौंदेखि मानिसहरूले कफी क्यान्सरको कारण बन्न सक्ने विश्वास गरिरहेका बेला यसको सेवनबाट क्यान्सरमात्र नभई मुटुरोगको जोखिम पनि कम हुने तथ्य पत्ता लागेको हो।
२०१५ मै अमेरिकी एडभाइजरी कमिटीले खानपिनको गाइडलाइन बनाउँदा पहिलो पटक कफीको सेवनलाई स्वस्थ्य खानपिनको हिस्साका रूपमा मान्यता दिएको थियो।
२०१७ मा ब्रिटिस मेडिकल जर्नलले कफीको सामान्य प्रयोगबाट नोक्सानभन्दा बढी फाइदा हुने लेखेको थियो।
" /> काठमाडौं। नेपालका मुख्य सहरहरूमा पछिल्लो समय कफी ‘कल्चर’कै रूपमा स्थापित हुँदै गएको छ। काठमाडौंमा त प्रत्येक दुई सय मिटरको फरकमा आकर्षक कफी पसलहरू खुल्न थालिसकेका छन्।कफीको सेवनबाट उच्च रक्तचाप तथा पेटको समस्या हुने निद्रा नलाग्ने जस्ता विश्वास स्थापित भइरहेका बेला अमेरिकामा गरिएको एक अध्ययनले यो स्वास्थ्यका लागि लाभदायक रहेको देखाएको छ।

">