गलकोट। नेपालमा कोरोना सङ्क्रमण भित्रिएको ११ महिनापछि कोरोनाविरुद्धको खोप सेवा उपलब्ध भएपछि स्वास्थ्यकर्मी निकै खुसी देखिन्छन्। गत वर्षको चैतदेखि कोरोना भित्रिएको नेपालमा निकै त्रासपूर्ण अवस्था रह्यो भने केही स्वास्थ्यकर्मीले ज्यानसमेत गमाउनुपर्दा चिन्तित रहेका सर्वसाधारणदेखि स्वास्थ्यकर्मी अहिले खोप उपलब्ध भएपछि उत्साही बनेका हुन्।
भारतले अनुदानमा दिएको १० लाख डोज खोप माघ १४ देखि बागलुङमासमेत लगाउन थालिएको छ। स्वास्थ्यकर्मी, सफाइ तथा महिला स्वास्थ्य स्वयंसेविकालाई पहिलो चरणमा खोप लगाउन थालिएको छ। कोरोनाको निकै जोखिमपूर्ण अवस्थामा परिवारबाटसमेत अलग्गै बसेर जनताको सेवामा खटिएका स्वास्थ्यकर्मीले खोप लगाउन पाउँदा आफूलाई भाग्यमानी ठानेको प्रतिक्रिया दिएका छन्।
बागलुङमा पहिलो खोप लगाउने धौलागिरि अस्पताल बागलुङका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. दिवाकर पराजुलीले आफूले खोप लगाएर ढुक्क भएर जनताको सेवामा खटिन पाउँदा खुसी लागेको बताए। “कतिपय स्वास्थ्यकर्मी नै मृत्यु हुनु भएको खबर आउँदा परिवारमा समेत पीडा हुने गरेको थियो,” डा .पराजुलीले भने, “जिल्लामै पहिलोपटक कोरोना खोप लगाउन पाउँदा भाग्यमानी ठानेको छु।”
धौलागिरि अस्पताल नेपालमै पाँचौं र छैटौं कोरोना सङ्क्रमितको उपचार गराउने अस्पतालका रुपमा रहेको छ। पराजुलीले खोप ढुक्क भएर लगाउन अन्य स्वास्थ्यकर्मीलाई समेत अनुरोध गरेका थिए। पहिलो दिनमै बागलुङका एक सय १७ जना स्वास्थ्यकर्मी र सफाइ कर्मचारीले खोप लगाए। दोस्रो दिन बिहीबार दुई सय ७८ जनाले खोप लगाएको स्वास्थ्य कार्यालय बागलुङका प्रमुख सुरज गुरौँले जानकारी दिए। उनका अनुसार बागलुङमा एक हजार नाै सय ६० डोज खोप आएको छ।
डा. पराजुलीले जुनसुकै खोपमा पनि सामान्य प्रतिक्रिया देखापर्ने भन्दै सबैलाई संयमित हुन आग्रहसमेत गरेका थिए। खोपका बारेमा चलाइएका अनावश्यक हल्लामा विश्वास नगर्न आग्रह गर्दै डा. पराजुली खोप सबैसम्म पुर्‍याउनुपर्ने र आमनागरिकले अब प्रयोग गर्नुपर्ने धारणा राखे।
स्वास्थ्य कार्यालयका स्वास्थ्यकर्मी देवप्रकाश घिमिरे खोप लगाउनेको व्यवस्थापनमा खटिएका छन्। उनले सबैलाई खोप लगाएपछि अन्तिममा लगाउने बताए। “सेवामा खटिँदा सङ्क्रमित नै भएँ, अहिले स्वयंसेवीलाई खोप लगाउने व्यवस्थापनमा खटिएको छु,” घिमिरेले भने, “यही डोजको अन्तिम खोप लगाउने योजनामा रहेको छु।” सङ्क्रमित भएरसमेत स्वस्थ भई काममा खटिएको र खोप आउँदा आफू खुसी भएको उनको भनाइ छ।
आफूले खोप लगाउन पाउँदा निकै खुसी भएको धौलागिरि अस्पतालमा कार्यरत सिनियर अनमी टीकादेवी रिजालले बताइन्। आफूले बुधबार बिहान कोरोना खोप लगाएलगत्तै सेवामा खटिएको बताइन्। “पहिले सङक्रमणको भय हुँदाहुँदै सेवामा खटिएको थिएँ,” रिजालले भनिन्, “अब ढुक्क भएर सेवा दिन पाइने भयो।” खोप लगाउन डराउन नहुने उनको भनाइ रहेको छ।
यस्तै धौलागिरि अस्पतालका स्वास्थ्यकर्मी प्रदीप आचार्य र निर्मला पौडेलले खोप लगाएर ढुक्कका साथ सेवामा खटिँदा खुसी भएको बताए। अग्रपङ्क्तिमा खटिएका स्वास्थ्यकर्मी तथा सफाइ कर्मचारीले खोप लगाएपछि अर्को चरणमा अन्य सर्वसाधारणलाई खोप लगाइने जनाइएको छ। खोप लगाएका कसैमा कुनै समस्या नआएको अस्पतालले प्रस्ट पारेको छ। रासस
" /> गलकोट। नेपालमा कोरोना सङ्क्रमण भित्रिएको ११ महिनापछि कोरोनाविरुद्धको खोप सेवा उपलब्ध भएपछि स्वास्थ्यकर्मी निकै खुसी देखिन्छन्। गत वर्षको चैतदेखि कोरोना भित्रिएको नेपालमा निकै त्रासपूर्ण अवस्था रह्यो भने केही स्वास्थ्यकर्मीले ज्यानसमेत गमाउनुपर्दा चिन्तित रहेका सर्वसाधारणदेखि स्वास्थ्यकर्मी अहिले खोप उपलब्ध भएपछि उत्साही बनेका हुन्।
भारतले अनुदानमा दिएको १० लाख डोज खोप माघ १४ देखि बागलुङमासमेत लगाउन थालिएको छ। स्वास्थ्यकर्मी, सफाइ तथा महिला स्वास्थ्य स्वयंसेविकालाई पहिलो चरणमा खोप लगाउन थालिएको छ। कोरोनाको निकै जोखिमपूर्ण अवस्थामा परिवारबाटसमेत अलग्गै बसेर जनताको सेवामा खटिएका स्वास्थ्यकर्मीले खोप लगाउन पाउँदा आफूलाई भाग्यमानी ठानेको प्रतिक्रिया दिएका छन्।
बागलुङमा पहिलो खोप लगाउने धौलागिरि अस्पताल बागलुङका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. दिवाकर पराजुलीले आफूले खोप लगाएर ढुक्क भएर जनताको सेवामा खटिन पाउँदा खुसी लागेको बताए। “कतिपय स्वास्थ्यकर्मी नै मृत्यु हुनु भएको खबर आउँदा परिवारमा समेत पीडा हुने गरेको थियो,” डा .पराजुलीले भने, “जिल्लामै पहिलोपटक कोरोना खोप लगाउन पाउँदा भाग्यमानी ठानेको छु।”
धौलागिरि अस्पताल नेपालमै पाँचौं र छैटौं कोरोना सङ्क्रमितको उपचार गराउने अस्पतालका रुपमा रहेको छ। पराजुलीले खोप ढुक्क भएर लगाउन अन्य स्वास्थ्यकर्मीलाई समेत अनुरोध गरेका थिए। पहिलो दिनमै बागलुङका एक सय १७ जना स्वास्थ्यकर्मी र सफाइ कर्मचारीले खोप लगाए। दोस्रो दिन बिहीबार दुई सय ७८ जनाले खोप लगाएको स्वास्थ्य कार्यालय बागलुङका प्रमुख सुरज गुरौँले जानकारी दिए। उनका अनुसार बागलुङमा एक हजार नाै सय ६० डोज खोप आएको छ।
डा. पराजुलीले जुनसुकै खोपमा पनि सामान्य प्रतिक्रिया देखापर्ने भन्दै सबैलाई संयमित हुन आग्रहसमेत गरेका थिए। खोपका बारेमा चलाइएका अनावश्यक हल्लामा विश्वास नगर्न आग्रह गर्दै डा. पराजुली खोप सबैसम्म पुर्‍याउनुपर्ने र आमनागरिकले अब प्रयोग गर्नुपर्ने धारणा राखे।
स्वास्थ्य कार्यालयका स्वास्थ्यकर्मी देवप्रकाश घिमिरे खोप लगाउनेको व्यवस्थापनमा खटिएका छन्। उनले सबैलाई खोप लगाएपछि अन्तिममा लगाउने बताए। “सेवामा खटिँदा सङ्क्रमित नै भएँ, अहिले स्वयंसेवीलाई खोप लगाउने व्यवस्थापनमा खटिएको छु,” घिमिरेले भने, “यही डोजको अन्तिम खोप लगाउने योजनामा रहेको छु।” सङ्क्रमित भएरसमेत स्वस्थ भई काममा खटिएको र खोप आउँदा आफू खुसी भएको उनको भनाइ छ।
आफूले खोप लगाउन पाउँदा निकै खुसी भएको धौलागिरि अस्पतालमा कार्यरत सिनियर अनमी टीकादेवी रिजालले बताइन्। आफूले बुधबार बिहान कोरोना खोप लगाएलगत्तै सेवामा खटिएको बताइन्। “पहिले सङक्रमणको भय हुँदाहुँदै सेवामा खटिएको थिएँ,” रिजालले भनिन्, “अब ढुक्क भएर सेवा दिन पाइने भयो।” खोप लगाउन डराउन नहुने उनको भनाइ रहेको छ।
यस्तै धौलागिरि अस्पतालका स्वास्थ्यकर्मी प्रदीप आचार्य र निर्मला पौडेलले खोप लगाएर ढुक्कका साथ सेवामा खटिँदा खुसी भएको बताए। अग्रपङ्क्तिमा खटिएका स्वास्थ्यकर्मी तथा सफाइ कर्मचारीले खोप लगाएपछि अर्को चरणमा अन्य सर्वसाधारणलाई खोप लगाइने जनाइएको छ। खोप लगाएका कसैमा कुनै समस्या नआएको अस्पतालले प्रस्ट पारेको छ। रासस
"> काेराेनाविरुद्धको खोप लगाएका स्वास्थ्यकर्मी भन्छन्- खोप लगाएपछि ढुक्कले सेवा गर्न पायौँ: Dekhapadhi बागलुङमा पहिलो खोप लगाउने धौलागिरि अस्पताल बागलुङका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. दिवाकर पराजुलीले आफूले खोप लगाएर ढुक्क भएर जनताको सेवामा खटिन पाउँदा खुसी लागेको बताए।
• पहिलो दिनमै बागलुङका एक सय १७ जना स्वास्थ्यकर्मी र सफाइ कर्मचारीले खोप लगाए।
• दोस्रो दिन बिहीबार दुई सय ७८ जनाले खोप लगाएको स्वास्थ्य कार्यालय बागलुङका प्रमुख सुरज गुरौँले जानकारी दिए।
काेराेनाविरुद्धको खोप लगाएका स्वास्थ्यकर्मी भन्छन्- खोप लगाएपछि ढुक्कले सेवा गर्न पायौँ
गलकोट। नेपालमा कोरोना सङ्क्रमण भित्रिएको ११ महिनापछि कोरोनाविरुद्धको खोप सेवा उपलब्ध भएपछि स्वास्थ्यकर्मी निकै खुसी देखिन्छन्। गत वर्षको चैतदेखि कोरोना भित्रिएको नेपालमा निकै त्रासपूर्ण अवस्था रह्यो भने केही स्वास्थ्यकर्मीले ज्यानसमेत गमाउनुपर्दा चिन्तित रहेका सर्वसाधारणदेखि स्वास्थ्यकर्मी अहिले खोप उपलब्ध भएपछि उत्साही बनेका हुन्।
भारतले अनुदानमा दिएको १० लाख डोज खोप माघ १४ देखि बागलुङमासमेत लगाउन थालिएको छ। स्वास्थ्यकर्मी, सफाइ तथा महिला स्वास्थ्य स्वयंसेविकालाई पहिलो चरणमा खोप लगाउन थालिएको छ। कोरोनाको निकै जोखिमपूर्ण अवस्थामा परिवारबाटसमेत अलग्गै बसेर जनताको सेवामा खटिएका स्वास्थ्यकर्मीले खोप लगाउन पाउँदा आफूलाई भाग्यमानी ठानेको प्रतिक्रिया दिएका छन्।
बागलुङमा पहिलो खोप लगाउने धौलागिरि अस्पताल बागलुङका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. दिवाकर पराजुलीले आफूले खोप लगाएर ढुक्क भएर जनताको सेवामा खटिन पाउँदा खुसी लागेको बताए। “कतिपय स्वास्थ्यकर्मी नै मृत्यु हुनु भएको खबर आउँदा परिवारमा समेत पीडा हुने गरेको थियो,” डा .पराजुलीले भने, “जिल्लामै पहिलोपटक कोरोना खोप लगाउन पाउँदा भाग्यमानी ठानेको छु।”
धौलागिरि अस्पताल नेपालमै पाँचौं र छैटौं कोरोना सङ्क्रमितको उपचार गराउने अस्पतालका रुपमा रहेको छ। पराजुलीले खोप ढुक्क भएर लगाउन अन्य स्वास्थ्यकर्मीलाई समेत अनुरोध गरेका थिए। पहिलो दिनमै बागलुङका एक सय १७ जना स्वास्थ्यकर्मी र सफाइ कर्मचारीले खोप लगाए। दोस्रो दिन बिहीबार दुई सय ७८ जनाले खोप लगाएको स्वास्थ्य कार्यालय बागलुङका प्रमुख सुरज गुरौँले जानकारी दिए। उनका अनुसार बागलुङमा एक हजार नाै सय ६० डोज खोप आएको छ।
स्वास्थ्य कार्यालयका स्वास्थ्यकर्मी देवप्रकाश घिमिरे खोप लगाउनेको व्यवस्थापनमा खटिएका छन्। उनले सबैलाई खोप लगाएपछि अन्तिममा लगाउने बताए। “सेवामा खटिँदा सङ्क्रमित नै भएँ, अहिले स्वयंसेवीलाई खोप लगाउने व्यवस्थापनमा खटिएको छु,” घिमिरेले भने, “यही डोजको अन्तिम खोप लगाउने योजनामा रहेको छु।” सङ्क्रमित भएरसमेत स्वस्थ भई काममा खटिएको र खोप आउँदा आफू खुसी भएको उनको भनाइ छ।
आफूले खोप लगाउन पाउँदा निकै खुसी भएको धौलागिरि अस्पतालमा कार्यरत सिनियर अनमी टीकादेवी रिजालले बताइन्। आफूले बुधबार बिहान कोरोना खोप लगाएलगत्तै सेवामा खटिएको बताइन्। “पहिले सङक्रमणको भय हुँदाहुँदै सेवामा खटिएको थिएँ,” रिजालले भनिन्, “अब ढुक्क भएर सेवा दिन पाइने भयो।” खोप लगाउन डराउन नहुने उनको भनाइ रहेको छ।
यस्तै धौलागिरि अस्पतालका स्वास्थ्यकर्मी प्रदीप आचार्य र निर्मला पौडेलले खोप लगाएर ढुक्कका साथ सेवामा खटिँदा खुसी भएको बताए। अग्रपङ्क्तिमा खटिएका स्वास्थ्यकर्मी तथा सफाइ कर्मचारीले खोप लगाएपछि अर्को चरणमा अन्य सर्वसाधारणलाई खोप लगाइने जनाइएको छ। खोप लगाएका कसैमा कुनै समस्या नआएको अस्पतालले प्रस्ट पारेको छ। रासस
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्