काठमाडौं। उमेर हेर्दा भर्खरै आठ वर्ष। तर, उनको काम हेर्दा र कुरा सुन्दा एक परिपक्व मानिसको जस्तो।
पोखरा-१७ बिरौटाकी आठ वर्षीया प्रेन्शा रेग्मी सामाजिक कार्यमार्फत् देश विदेशमा आफ्नो छुट्टै परिचय बनाउन लागेकी छिन्।
सामाजिक कार्यमा लागेको उनीसँग लामो अनुभव भने छैन। यद्यपि, उनी लामो अनुभवी जसरी अगाडि बढिरहेकी छिन्।
पोखराको शिशु निकेतनमा कक्षा ३ मा अध्ययनरत उनले सामाजिक कार्यका लागि शनिबारको दिन छुट्याएकी छिन्। “अहिले त म आफ्नो करिअर बनाउनतिर लागेकी छु। खाली समय मिलाएर आफूलाई राम्रो लागेको काम गर्दै आएकी छु,” प्रेन्शाले भनिन्।
गत वर्षको चैतमा जब कोरोना महामारी सुरू भयो, त्यही उनले सामाजिक कार्यको सुरूआत गरेकी थिइन्। लकडाउनको समयमा उनलाई फुर्सद पनि मिल्यो, र समाजका लागि केही गर्नुपर्छ भन्ने लाग्यो।
“रोगसँग लड्न त सबैभन्दा पहिला भोक मेटाउनुपर्छ। मैले त्यसका लागि भोग उपचार केन्द्र खोलें। भोग उपचार केन्द्रमार्फत् नसड्ने खाद्यान्न दाल, चामल, नून, तेल वितरण गर्थें। त्यो काम मैले पोखरामा रहेको पसलकै अगाडि गरेकी थिएँ।”
“पहिलोपटक मैले मास्क वितरण गरेकी थिएँ। सानैबाट केही गरौं-गरौं भन्ने लाग्थ्यो। तर, पढाइका कारण त्यतातिर समय दिन सकेकी थिइनँ। कोरोना महामारीपछि लकडाउन जारी भयो,” उनले भनिन्, “त्यसले गर्दा मलाई सामाजिक कार्यमा लाग्न समय मिल्यो। त्यो बेला जसरी पनि रोगसँग लड्नुपर्छ भन्ने मेरो उद्देश्य थियो।”
लकडाउनको समयमा उनले मास्क बाँड्ने तथा काम गर्न नपाएर भोकले मर्ने अवस्थामा पुगेका मानिसहरूलाई सहयोग गर्ने अभियान चलाइन्।
“रोगसँग लड्न त सबैभन्दा पहिला भोक मेटाउनुपर्छ। मैले त्यसका लागि भोग उपचार केन्द्र खोलें,” उनले भनिन्, “भोग उपचार केन्द्रमार्फत् नसड्ने खाद्यान्न दाल, चामल, नून, तेल वितरण गर्थें। त्यो काम मैले पोखरामा रहेको पसलकै अगाडि गरेकी थिएँ।”
लकडाउनका कारण घरमै बसिरहेका बेला उनले एउटा ‘मोटिभेसनल’ भिडियो हेरेकी थिइन्। त्यसपछि अब आफूले पनि केही गर्नुपर्छ भन्ने लागेको थियो। त्यसका लागि उनले धानचरीको कथा हेरेकी थिइन्। उक्त कथामा एउटा धानचरी पूरै जंगलमा लागेको आगो निभाउन अगाडि सरेको थियो। जंगलका अरू जनावर भाग्दै गर्दा धानचरी भने थोपा-थोपा पानी बोकेर पूरै जंगलको आगो निभाउन सफल भएको थियो।
प्रिन्सालाई त्यही कथाले निकै भावुक बनायो। र, कोरोना महामारीलाई जंगलमा लागेको आगोको रूपमा हेर्दै उनी धानचरी बनेर आगो निभाउन तम्सिइन्।
“म मेरो तर्फबाट के कति गर्न सक्छु। त्यसका लागि किन पछि हट्ने भनेर म कोरोना महामारीकै बेला सामाजिक कार्यमा अगाडि बढेँ,” प्रेन्शाले भनिन्।
कसरी जुटाउँछिन् खर्च?
सामाजिक कार्यमा अगाडि बढ्न खोज्दा त्यसका लागि खर्चको आवश्यकता पर्छ। उनी सानैदेखि केही न केही समाजको काम गर्छु भन्नेमा थिइन्। त्यसका लागि उनले आमाबुबाले टीका लगाउँदा दिएको दक्षिणा सानैदेखि जम्मा गरेर राख्ने गर्थिन्।
“त्यही दक्षिणाबाट मैले सहयोगको सुरूआत गरेकी थिएँ। त्यसपछि मेरो आमाबुबाले पनि थप सहयोग गर्नुभयो। मेरो काम विस्तारै धेरै ठाउँतिर जानकारीमा आएपछि सहयोगी हातहरू पनि अगाडि बढिरहेका छन्,” उनले भनिन्।
उनी आफ्नो व्यक्तिगत खर्चबाट बचाएको पैसा, आमाबुबाले दिने पैसा र बाहिरबाट आएको सहयोगमा नै आफू सामाजिक कार्यमा अगाडि बढिरहेको बताउँछिन्।
आमाबुबाको साथ
अहिले आठ वर्षको सानै उमेरमा सामाजिक कार्यमा सक्रिय रहेकी उनको पछाडि आमाबुबाको निकै ठूलो हात छ। बुबा रामकृष्ण रेग्मी र आमा जयन्ती रेग्मीले उनको हरेक काममा सुझाव सल्लाह दिनुका साथै आर्थिक सहयोग गर्दै आएका छन्।
उनको बुबाले काठमाडौंमा रेस्टुरेण्ट चलाइरहेका छन्। आमाले घरमै स्टेसनरी पसल चलाउँछिन्। हरेक काम गर्दा उनले आमाबुबासँग सल्लाह लिने गरेको बताइन्। “केही नयाँ काम गर्ने सोच आयो भने म बुबा र मम्मीसँग सोध्छु। उहाँहरूले मैले गर्ने काममा अवरोध गर्नुहुन्न। बरू राम्रोसँग गर्न सुझाव दिनुहुन्छ,” प्रेन्शाले भनिन्।
पोखरामा बुक बैंक
फागुन ६ गते प्रेन्शाको जन्मदिन। त्यही दिन उनले पोखरा प्रस्याङमा ‘बुक बैंक’ सञ्चालन गर्ने योजना बनाएकी छिन्।
“बुक बैंकमार्फत् पढ्न चाहने तर, किताबको अभावमा पढ्न नपाएकाहरूलाई सहयोग गरिनेछ। तर, किताबहरू लैजानेलाई एउटा सर्त भने लागू गरिनेछ। लगेको किताब पढ्नुपर्यो,” उनले भनिन्।
पहिला पढाइ अनि समाज सेवा
उनी सामाजिक कार्यसँगै आफ्नो पढाइलाई पनि उत्तिकै महत्त्व दिन्छिन्। पढाइलाई दिएपछि बचेको समयमा मात्रै उनी सामाजिक कार्यमा सक्रिय हुँदै आएकी छिन्।
“म हप्ताको एक दिन शनिबार मात्र सामाजिक कार्यमा लाग्ने गरेकी छु। अहिले पनि १२ बजेदेखि २ बजेसम्म अनलाइन कक्षा चलिरहेको छ,” उनले भनिन्, “मैले सामाजिक कार्यलाई भन्दा पनि पहिलो आफ्नो करिअरलाई केन्द्रित गरेकी छु। आफ्नो करिअर निर्माण गर्नेक्रममा केही समय सामाजिक कार्यलाई दिएकी हुँ।”
कस्तो समाजसेवी बन्ने?
प्रेन्शाको चाहना देशभर अपराध शून्यमा झार्नु रहेको छ। “विभिन्न देशमा शून्य अपराध छ। ती देशमा अपराध नै हुँदैनन् भन्ने बुझेकी छु। मैले पनि मेरो समाज अपराधरहित बनाउन खोजेको हुँ,” उनले भनिन्।
उनी देशभन्दा पनि देशका नागरिक धनी हुनुपर्छ भन्ने मान्यता राख्छिन्। नागरिक धनी भएको खण्डमा देश स्वतः धनी हुने उनको भनाइ छ।
“हामी सबै कुरामा धनी छौं, तर धेरै नेपाली गरिब छन्। हामी सबै एकजुट भएर देशको विकास गर्नुपर्छ भन्ने मेरो मान्यता हो। हामी आमनागरिक धनी भयौं भने देश आफैं धनी बन्छ भन्ने मलाई लाग्छ,” उनले भनिन्।
बिरामी भेट्न जाँदा फुलफूल होइन
बिरामीलाई भेट्न जाँदा हामी प्रायः फलफूल लगेर जान्छौं। जबकि, उनीहरूलाई फलफूलको भन्दा पैसाको समस्या परिरहेको हुन्छ। उनीहरूको आवश्यकता एकातिर हुन्छ, तर हामीले अर्को कुरा दिइरहेका हुन्छौं। जुन कुरा खेर जान्छ।
“त्यस्तो अवस्थामा फलफूलभन्दा केही आर्थिक सहयोग गर्नुपर्छ भन्ने मेरो मान्यता हो। त्यही आधारमा मैले बिरामीलाई भेट्न जाँदा फलफूल होइन, आर्थिक सहयोग गरौं भन्ने अभियान चलाएकी हुँ,” उनले भनिन्।
प्रेन्शाको सामाजिक कार्य
मास्क वितरणबाट सामाजिक अभियानमा लागेकी प्रेन्शाले अहिलेसम्म थुप्रै सामाजिक काम गरिसकेकी छिन्। मास्क वितरण गर्नुमात्र नभएर मास्क कसरी लगाउने? किन लगाउने? कोरोना महामारी के हो? यसले कस्तो असर गर्छ? लगायतका विषयमा पनि जनचेतनासमेत जगाउँदै हिडिन् उनी।
त्यस्तै लकडाउनको समयमा ‘भोक बैंक’ सञ्चालन गरिन्। कोरोना महामारीको समयमा खाना नपाएर कोही पनि भोकै बस्नु नपरोस् भनेर उनले भोक उपचार केन्द्र सञ्चालनमा ल्याएकी थिइन्।
उनले अहिले बिरामी भेट्न जाँदा फलफूलभन्दा पनि आर्थिक सहयोग गर्नुपर्ने भन्दै अभियान पनि चलाइरहेकी छिन्। त्यसका लागि उनले अस्पतालहरूमा काजगबाट बनाइएको खुत्रुके पनि राखेकी छिन्। जहाँ बिरामीलाई भेट्न जानेहरूले आर्थिक सहयोग गर्न सक्ने उनको अपेक्षा छ।
उनले यतिमात्र नभएर ‘मोटिभेसनल’ भिडियोसमेत बनाएर सचेतना फैलाउँदै आएकी छिन्।
सानैदेखि नै सामाजिक कार्यमा लागेपछि ठूलो हुँदा झन् धेरै काम गर्न सकिने प्रेन्शाको अपेक्षा छ। उनी अहिले बाल अभियन्ताका रूपमा परिचय बनाउँदै अगाडि बढिरहेकी छिन्।
" /> काठमाडौं। उमेर हेर्दा भर्खरै आठ वर्ष। तर, उनको काम हेर्दा र कुरा सुन्दा एक परिपक्व मानिसको जस्तो।पोखरा-१७ बिरौटाकी आठ वर्षीया प्रेन्शा रेग्मी सामाजिक कार्यमार्फत् देश विदेशमा आफ्नो छुट्टै परिचय बनाउन लागेकी छिन्।

">