दमौली। तनहुँमा तीन दिनमा पाँच सय ४८ स्वास्थ्यकर्मीले कोभिडविरुद्धको खोप लगाएका छन्। खोप अभियानको तेस्रो दिनसम्म जिल्लाका विभिन्न स्थानीय तहमा कार्यरत ती स्वास्थ्यकर्मीले खोप लगाएका हुन्।
शुक्रबार घिरिङ गाउँपालिकाका ६०, भीमाद नगरपालिकाका ५८ र शुक्लागण्डकी नगरपालिकाका एक सय १७ जनाले कोभिडविरुद्धको खोप लगाएको स्वास्थ्य कार्यालयका प्रमुख शङ्करबाबु अधिकारीले जानकारी दिए।
खोप अभियानको पहिलो दिन एक सय चार र दोस्रो दिन दुई सय नाै जनाले खोप लगाएको कार्यालयले जानकारी दिएको छ। जिल्ला स्वास्थ्य कार्यालयका अनुसार यही माघ १९ गतेसम्म जिल्लाका एक हजार छ सय ७९ स्वास्थ्यकर्मीलाई खोप लगाइँदै छ। खोप लगाउनका लागि दमौलीमा तीन वटा खोप केन्द्र तोकिएको छ।
उनका अनुसार व्यास नगरपालिका पाँच सय ५८, शुक्लागण्डकी नगरपालिका दुई सय ६७, भीमाद नगरपालिका एक सय ७७, भानु नगरपालिका एक सय ७१, म्याग्दे गाउँपालिका ८२, ऋषिङ गाउँपालिकाका ९८, घिरिङ गाउँपालिका ६१, आँबुखैरेनी गाउँपालिका ७३, बन्दीपुर गाउँपालिका एक सय पाँच र देवघाट गाउँपालिका ८७ जनालाई खोप लगाइँदै छ। रासस
" /> दमौली। तनहुँमा तीन दिनमा पाँच सय ४८ स्वास्थ्यकर्मीले कोभिडविरुद्धको खोप लगाएका छन्। खोप अभियानको तेस्रो दिनसम्म जिल्लाका विभिन्न स्थानीय तहमा कार्यरत ती स्वास्थ्यकर्मीले खोप लगाएका हुन्।शुक्रबार घिरिङ गाउँपालिकाका ६०, भीमाद नगरपालिकाका ५८ र शुक्लागण्डकी नगरपालिकाका एक सय १७ जनाले कोभिडविरुद्धको खोप लगाएको स्वास्थ्य कार्यालयका प्रमुख शङ्करबाबु अधिकारीले जानकारी दिए।

">