काठमाडौं। जनस्वास्थ्यविद् डा. रवीन्द्र पाण्डेले १८ माघमा कोभिड-१९ विरुद्धको भ्याक्सिन लगाए। भ्याक्सिन लगाएको पाँच मिनेटपछि अनुहारमा टिमुर खाजस्तो रमरम भयो। घर गएपछि सामान्य वाकवाकी, रिंगंटा लाग्ने, जिउ दुख्ने, जाडो हुने तथा शरीर तातो हुने लक्षण देखियो। रातिदेखि खोप लगाएको हात हल्का दुख्यो। हात दुख्नेबाहेकका अन्य लक्षण केही समयमै हराए।
माघ १६ गते खोप लगाएका स्वास्थ्यकर्मी निमेश बोहरालाई पनि शरीरका जोर्नी दुख्ने, टाउको दुख्ने, ज्वरो आउने, शरीर लठ्ठिने, आत्तिएको अनुभव हुने, पानी प्यास लाग्नेजस्ता समस्या देखिए। खोप लगाएको हात पनि दुख्यो, तर दोस्रो दिन बिहान सबै समस्या हराएर गए।
कोरोना खोप लगाएका केहीलाई यस्ता खालका लक्षण देखिने गरेका छन्। तर लक्षण देखिएको २४ घण्टामै सामान्य हुने गरेको छ।
केहीलाई ज्वरो आउने, जाडो हुने, टाउको दुख्ने, रिंगटा लाग्ने, शरीर लुलो भएजस्तो हुनेलगायत लक्षण देखिने गरेका छन्।
शुक्रराज ट्रपिकल तथा सरूवा रोग अस्पतालका डा. अनुप बास्तोलाले खोप लगाउँदा सामान्य लक्षण देखिने बताए। ‘‘खोप लगाएका केही व्यक्तिमा सामान्य लक्षण देखिन्छन्। त्यस्ता लक्षण केही समयपश्चात् आफैं हराएर जान्छ,’’ डा. बास्तोलाले भने।
खोप केन्द्रमा आफ्नो स्वास्थ्य अवस्था राम्रोसँग बताएर खोप लगाउँदा राम्रो हुने जनस्वास्थ्यविद् डा. पाण्डे बताउँछन्। आफू स्वस्थ भएको बेला खाना तथा पानी प्रशस्त सेवन गर्नुका साथै उच्च मनोबल बनाएर खोप लगाउन जाँदा कुनै समस्या नहुने उनको भनाइ छ।

खोप लगाएको ठाउँ रातो हुने, सुन्निने, चिलाउने, टाउको दुख्ने, जस्ता सामान्य असर देखिएको उनको भनाइ छ।
त्यस्ता लक्षण देखिएको खण्डमा नआत्ति प्रशस्त आराम गर्ने, खानपानमा ध्यान दिने गर्नुपर्ने डा. बास्तोलाको सुझाव छ। यो खोप गर्भवती र स्तनपान गराइरहेका महिलाहरूले नलगाउन उनले सुझाव दिए।
“गर्भवती, स्तनपान गराइरहेका महिलाका विषयमा विश्वभर नै विभिन्न तर्क आइरहेका छन्। यस्तो अवस्थामा उहाँहरूले यो खोप नलगाएकै राम्रो हुन्छ,” डा. बास्तोलाले भने।
लक्षण देखिँदैमा आत्तिनु पर्दैन : स्वास्थ्य मन्त्रालय
सरकारले कोभिड-१९ विरुद्धको भ्याक्सिन लगाउँदा सामान्य लक्षण देखिए पनि आत्तिनु नपर्ने जनाएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले अहिलेसम्म जटिल समस्या कसैलाई पनि नदेखिएको बताए।
खोप लगाउँँदा कुनै समस्या देखिएको खण्डमा खोप लगाएकै खोप केन्द्रमा उपचारका लागि विशेषज्ञ टोलीसमेत तयारी अवस्थामा राखिएको उनको भनाइ छ।
मन्त्रालयले खोप लगाउँदा हरेक अस्पतालका सम्भाव्य घटनाको व्यवस्थापनका लागि आवश्यक टिम तथा औषधिको व्यवस्थापनसमेत गरेको प्रवक्ता गौतमले बताए।
खोपपश्चात् अवाञ्छित घटनाको अनुगमन तथा व्यवस्थापन गर्नका लागि देशभर विज्ञ टोलीसमेत परिचालन गरिएको उनको भनाइ छ।
" /> काठमाडौं। जनस्वास्थ्यविद् डा. रवीन्द्र पाण्डेले १८ माघमा कोभिड-१९ विरुद्धको भ्याक्सिन लगाए। भ्याक्सिन लगाएको पाँच मिनेटपछि अनुहारमा टिमुर खाजस्तो रमरम भयो। घर गएपछि सामान्य वाकवाकी, रिंगंटा लाग्ने, जिउ दुख्ने, जाडो हुने तथा शरीर तातो हुने लक्षण देखियो। रातिदेखि खोप लगाएको हात हल्का दुख्यो। हात दुख्नेबाहेकका अन्य लक्षण केही समयमै हराए।कोरोना खोप लगाएका केहीलाई यस्ता खालका लक्षण देखिने गरेका छन्। तर लक्षण देखिएको २४ घण्टामै सामान्य हुने गरेको छ।

">