श्री स्वस्थानी व्रत कथा अध्याय-८ | सुन्नुहोस्
<p>काठमाडाैं। प्रत्येक वर्ष पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म मनाइने श्रीस्वस्थानी देवीको व्रत माघ १५ गते देखि सुरु भएको छ।</p>
<p>स्वस्थानी परमेश्वरीको व्रत बसी कथा भन्ने र सुनाउने गरे मनोकांक्षा पूरा हुने धार्मिक विश्वासका साथ प्रत्येक वर्ष घर-घरमा स्वस्थानीको कथा सुनाउने गरिन्छ। हात गोडाका नङ काटी, स्‍नान गरी, शुद्ध वस्त्र पहिरिएर यसको सुरुआत हुन्‍छ।</p>
<p>बिहान माघ स्‍नान गरी नित्य मध्याह्नकालमा महादेवको पूजा गरिन्‍छ।बेलुकी स्कन्द पुराणको केदार खण्डअन्तर्गत माघ माहात्म्यको कुमार अगस्त्यबीच संवाद भएको स्वस्थानी व्रतकथा सुन्‍ने सुनाउने परम्परा छ।</p>
प्रतिक्रिया दिनुहोस्