काठमाडौं। विश्वमा कोरोना भाइरसको संक्रमणबाट एकै दिन करिब ११ हजार जनाले ज्यान गुमाएका छन्।
गत २४ घण्टामा विश्वभर १० हजार नौ सय ६४ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको हो। यससँगै विश्वमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २३ लाख १८ हजार आठ सय ४१ पुगेको छ।
वर्ल्डोमिटर्सको तथ्यांकअनुसार गत २४ घण्टामा सबैभन्दा धेरै अमेरिकामा दुई हजार छ सय ९५ जना संक्रमितको मृत्यु भएको छ। त्यहाँ कोरोनाका कारण मृत्यु हुनेको संख्या चार लाख ७३ हजार चार सय ९३ पुगेको छ।
गत २४ घण्टाको अवधिमा बेलायतमा आठ सय २८ संक्रमितको मृत्यु भएको छ। सोही अवधिमा ब्राजिलमा नौ सय ४२ जनाले कोरोना संक्रमणकै कारण ज्यान गुमाएका छन्।
गत २४ घण्टाभित्र कोरोनाका कारण मृत्यु हुनेमा जर्मनीका तीन सय ३७, मेक्सिकोका एक हजार तीन सय ६८, रूसका चार सय ९७, दक्षिण अफ्रिकाका दुई सय ७८, फ्रान्सका एक सय ९१ तथा इटालीका तीन सय ८५ जना रहेका छन्।
भारतमा सोही अवधिमा ७२ जनाको मृत्यु भएको छ। यससँगै भारतमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या एक लाख ५५ हजार २८ पुगेको छ।
" /> काठमाडौं। विश्वमा कोरोना भाइरसको संक्रमणबाट एकै दिन करिब ११ हजार जनाले ज्यान गुमाएका छन्।गत २४ घण्टामा विश्वभर १० हजार नौ सय ६४ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको हो। यससँगै विश्वमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २३ लाख १८ हजार आठ सय ४१ पुगेको छ।

">