सर्लाही। सर्लाहीमा कोरोना भाइरसविरुद्धको खोपको पहिलो चरणको अभियान शनिबार सकिएको छ।
जिल्लामा पहिलो चरणमा स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, कार्यालय सहयोगी तथा सरसफाइकर्मी, महिला स्वयंसेविका, एम्बुलेन्स चालक, शववाहन चालकलगायतलाई खोप लगाइएको जिल्ला जनस्वास्थ्य कार्यालय मलङ्गवाले जानकारी दिएको छ।
अभियानअन्तर्गत पहिलो चरणको १० दिनमा अग्रपङ्क्तिमा खटिने सबैलाई खोप लगाउने तय गरिए पनि शनिबार थप एक दिन समय थपिएको जिल्ला जनस्वास्थ्य कार्यालय मलङ्गवाले जनाएको छ। जिल्लामा अभियानअन्तर्गत पहिलो चरणमा दुई हजार नाै सय ७६ जनाले खोप लगाएका छन्।
जिल्ला जनस्वास्थ्य कार्यालयको अनुमानित तथ्याङ्कअनुसार जिल्लास्थित २० वटै स्थानीय तहमा अग्रपङ्क्तिमा काम गर्ने झण्डै छ हजार छ ३९ जना रहेको जिल्ला जनस्वास्थ्य कार्यालय मलङ्गवाले जानकारी दिएको छ।
लक्ष्यअनुसार खोप अभियानको पहिलो चरण सफल भएको जिल्ला जनस्वास्थ्य कार्यालयका प्रशासक श्रवण नायकले बताए। जिल्लाबाट कोरोनाविरुद्धको सात हजार डोज खोप माग गरिएकामा पाँच हजार तीन सय डोजमात्र प्राप्त भएको थियो। अब आज आउने लिखित निर्देशनअनुसार बाँकी रहेको खोपलाई सर्लाहीमै भण्डारण गरेर राख्ने वा केन्द्रलाई फिर्ता पठाउने भन्ने निर्णय गरिने उनले बताए।
सर्लाहीमा अहिलेसम्म खोप लगाएका कोहीमा कुनै पनि किसिमको स्वास्थ्य समस्या नदेखिएको जनस्वास्थ्य प्रशासक नायकले बताए। पहिलो डोज खोप लगाएका व्यक्तिले अब २८ दिनपछि फेरि दोस्रो डोज लगाउनुपर्ने छ। अघिल्लो बुधबार अर्थात् यही माघ १४ गतेबाट सर्लाहीसहित देशभर सुरु गरिएको पहिलो चरणको अभियान शनिबार अन्त्य भएको हो। रासस
" /> सर्लाही। सर्लाहीमा कोरोना भाइरसविरुद्धको खोपको पहिलो चरणको अभियान शनिबार सकिएको छ।जिल्लामा पहिलो चरणमा स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, कार्यालय सहयोगी तथा सरसफाइकर्मी, महिला स्वयंसेविका, एम्बुलेन्स चालक, शववाहन चालकलगायतलाई खोप लगाइएको जिल्ला जनस्वास्थ्य कार्यालय मलङ्गवाले जानकारी दिएको छ।

">