काठमाडौं। निखिल उप्रेती भन्नेबिक्तिकै नेपाली चलचित्र क्षेत्रको 'एक्सन किङ'को रूपमा लिइन्छ। चलचित्र ‘पिंजडा’ बाट धमकेदार प्रस्तुतीसहित चलचित्र क्षेत्रमा इन्ट्री मारेका थिए। त्यसपछि उनको स्टारडम कहिल्यै कम भएन। उनले पिंजडामा सात तला माथिबाट हाम फालेर चर्चा कमाएका थिए। त्यस पश्चात उनले आफ्नो करियरमा पछाडि फर्केर हेर्न परेन।
पिंजडा, हामी तीन भाइ, धड्कन, पापी मान्छे, भैरब लगायतका थुप्रै हिट फिल्म दिए। चलचित्रको हिरो मात्र नभएर एक सफल निर्माता र निर्देशकको रूपमा पनि आफ्नो परिचय स्थापित गर्न सफल भए। अहिले भने उनको परिचय फेरिएको छ। अचेल उनी आध्यात्मिक ज्ञान बाड्दै हिडेका छन्।
लामो दाह्री तथा कपाल पालेर पूरै गेटअप नै परिवर्तन गरेका छन्। अचेल उनी जीवन र जगतबारे गहन ढंगले व्याख्या र विश्लेषण गर्दै हिँडेका छन्। अरूलाई आत्मज्ञान बाँड्न भन्दै उनले समबोधी फाउण्डेसनमार्फत ‘आरम्भ’ अभियान चलाइरहेका छन्। सोही अभियानमार्फत आध्यात्मिक ज्ञान बाड्न थालेका हुन्।
यसरी आध्यात्मिक ज्ञान बाँड्न थालेपछि उनले दार्शनिक हिरोको रूपमा पनि परिचय बनाएका छन्। उनले आफूमा पहिल्यैदेखि आध्यात्मिक चेत रहेको बताउँछन्। चलचित्रले आफ्नो नायकको छवि बनाएको तर आध्यात्मिक पक्ष बाहिर नआएको उनको भनाइ छ।
फिल्म क्षेत्रमा आउने सोचसहित मार्सल आर्ट खेल्न थालेका उनी कराँतेका 'ब्याल्क बेल्ट' पनि हुन्। पछिल्लो समय आध्यात्मिक अवतारमा प्रस्तुत हुँदै आएका उनी फेरी 'एक्सन किङ'का रूपमा देखिएका छन्। सामाजिक सञ्जालमा एक्सन अवतारसहितको तस्बिर शेयर गर्दै उनले भनेका छन्- ‘शक्तिको सन्तुलन नै कला हो।’