काठमाडौं। चिकित्सकले बिरामीलाई परामर्श दिँदा लिने शुल्क बढाइएकोप्रति स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आपत्ति जनाएको छ। मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बिरामीलाई परामर्श सेवा दिएवापत चिकित्सकले लिने शुल्क बढाएकोप्रति मन्त्रालयको गम्भीर ध्यानाकर्षण भएको जनाएका छन्।
मन्त्रालयले आज एक विज्ञप्ति जारी गरी नेपाल चिकित्सक संघ र एफिनले एकलौटी ढंगबाट शुल्क बढाएको भन्दै नयाँ शुल्क लागू नहुने र पूरानै शुल्क कायम रहेको जानकारी दिएको छ।
गएको माघ ४ गते मन्त्रालयका प्रमुख विशेषज्ञको संयोजकत्वमा रहेको कमिटीसँग गरिएको सम्झौता कार्यान्वयन गर्न मन्त्रालयले थप निर्णय गर्नुपर्ने तथ्यलाई नबुझी एकलौटी रूपमा शुल्क बढाइएको मन्त्रालयले जनाएको छ।
यसअघि मन्त्रालयबाट गठित परामर्श शुल्क सिफारिस समितिले सिफारिस गरेको शुल्क परिमार्जनलाई मन्त्रालयले निर्णय गरिनसकेको अवस्थामा र मन्त्रालयसँग थप कुनै पनि परामर्श नगरी शुल्क वृद्धि गर्ने अवस्था नरहेको मन्त्रालयले प्रस्ट पारेको छ।
कोरोना महामारीका कारण आर्थिक सिथिलता निम्त्याएको भन्दै पुरानै शुल्क कायम रहेको मन्त्रालयले प्रस्ट पारेको छ।
“प्रस्तुत विषयमा हाल विश्वव्यापी रूपमा विद्यमान कोभिड-१९ संक्रमण र यसले निम्त्याएको आर्थिक सिथिलतासमेतलाई मध्यनजर गर्दा चिकित्सकहरूको परामर्श शुल्क मिति २०७१ भाद्र ११ गते यस मन्त्रालयबाट जारी गरिएको पत्रअनुसार नै कायम रहेको व्यहोरा सम्बन्धित सबैमा जानकारी गराइन्छ,” प्रवक्ता डा. गौतमले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ।
निजी स्वास्थ्य संस्थाहरूमा कार्यरत चिकित्सक, नर्स तथा स्वास्थ्यकर्मीहरूको न्यूनतम पारिश्रमिक, अस्पतालहरूको सेवा शुल्क र परामर्श शुल्कसमेतको समय सापेक्षित परिमार्जन गर्न मन्त्रालय तयार रहेको जनाएका छन्।
साथै, निजी स्वास्थ्य संस्थाहरूमा कार्यरत सेवा प्रदायकहरूको तोकिए बमोजिमको न्यूनतम पारिश्रमिक सुनिश्चित गर्न र सो पारिश्रमिक बैंकमार्फत् भुक्तानी गर्न मन्त्रालयले पुनः स्मरण गराएको छ।
" /> काठमाडौं। चिकित्सकले बिरामीलाई परामर्श दिँदा लिने शुल्क बढाइएकोप्रति स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आपत्ति जनाएको छ। मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बिरामीलाई परामर्श सेवा दिएवापत चिकित्सकले लिने शुल्क बढाएकोप्रति मन्त्रालयको गम्भीर ध्यानाकर्षण भएको जनाएका छन्।गएको माघ ४ गते मन्त्रालयका प्रमुख विशेषज्ञको संयोजकत्वमा रहेको कमिटीसँग गरिएको सम्झौता कार्यान्वयन गर्न मन्त्रालयले थप निर्णय गर्नुपर्ने तथ्यलाई नबुझी एकलौटी रूपमा शुल्क बढाइएको मन्त्रालयले जनाएको छ।

">