बनेपा। काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिका-३ मा शुक्रबारबाट सहरी स्वास्थ्य केन्द्र सञ्चालनमा आएको छ। नागरिकलाई घरआँगनमा नै स्वास्थ्य सेवाको पहुँच पुर्याउने उद्देश्यले नगरप्रमुख महेश खरेलले उक्त केन्द्रको उद्घाटन गरेका हुन्।
आन्तरिक व्यवस्थापनमा ल्याइएको सेवा केन्द्र नगरपालिकाकै कर्मचारीलाई व्यवस्थापन गरेर सञ्चालन भएको नगरपालिकाले जनाएको छ। स्वास्थ्य केन्द्र उद्घाटन गर्दै नगरप्रमुख खरेलले प्रत्येक नागरिकको घरघरमा स्वास्थ्य सेवा पुर्याउने उद्देश्यले सहरी स्वास्थ्य सेवा केन्द्र सञ्चालनमा ल्याएको बताए। त्यस क्रममा उनले ६५ वर्षभन्दा माथिका उमेर समूहका आमाबुबालाई घरघरमा नै पुगेर मुस्कानसहित स्वास्थ्य जाँच गर्ने बताएका छन्।
वडा नं ३ का वडाध्यक्ष सुन्दर अधिकारीले स्वास्थ्य सेवा सुलभ बनाउने उद्देश्यले नागरिकलाई स्वास्थ्यको पहुँच पुर्याउनका लागि वडाको विशेष पहलमा केन्द्र स्थापना भएको बताए। स्वास्थ्य कार्यालय काभ्रेपलाञ्चोकका प्रमुख डा. नरेन्द्रकुमार झा र पाँचखाल नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख उज्ज्वल अधिकारीलगायतले केन्द्रबाट प्रदान गरिने स्वास्थ्य सेवाको बारेमा जानकारी दिएका थिए। रासस
" /> बनेपा। काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिका-३ मा शुक्रबारबाट सहरी स्वास्थ्य केन्द्र सञ्चालनमा आएको छ। नागरिकलाई घरआँगनमा नै स्वास्थ्य सेवाको पहुँच पुर्याउने उद्देश्यले नगरप्रमुख महेश खरेलले उक्त केन्द्रको उद्घाटन गरेका हुन्।आन्तरिक व्यवस्थापनमा ल्याइएको सेवा केन्द्र नगरपालिकाकै कर्मचारीलाई व्यवस्थापन गरेर सञ्चालन भएको नगरपालिकाले जनाएको छ। स्वास्थ्य केन्द्र उद्घाटन गर्दै नगरप्रमुख खरेलले प्रत्येक नागरिकको घरघरमा स्वास्थ्य सेवा पुर्याउने उद्देश्यले सहरी स्वास्थ्य सेवा केन्द्र सञ्चालनमा ल्याएको बताए। त्यस क्रममा उनले ६५ वर्षभन्दा माथिका उमेर समूहका आमाबुबालाई घरघरमा नै पुगेर मुस्कानसहित स्वास्थ्य जाँच गर्ने बताएका छन्।

">