काठमाडौं। महाशक्ति अमेरिकामा कोरोना संक्रमण नियन्त्रण हुने कुनै संकेत देखिएको छैन। त्यहाँ कोरोनाविरुद्धको खोप लगाउन थालिएको पनि लामो समय भइसकेको छ। मानिसहरूले सचेतता पनि अपनाइरहेका छन्, तर पनि कोरोना संक्रमण र त्यसका कारण हुने मृत्यु जारी छ।
अमेरिकामा कोरोनाबाट मर्नेको सङ्ख्या संसारको २० प्रतिशत छ। त्यहाँ अहिलेसम्म यो महामारीका कारण ज्यान गुमाउनेको सङ्ख्या पाँच लाख नाघेको छ। संक्रमितको सङ्ख्या बढेर दुई करोड ७८ लाख ९६ हजार पुगेको छ। महामारीले त्यहाँ रोजगारी कठिन बनेको छ भने सरकारी ढुकुटी कमजोर बन्न पुगेको छ।
जबदेखि कोरोना भ्याक्सिन बन्न थाल्यो सोही समय अमेरिकाले आफ्ना नागरिकका नाममा त्यो बुकिङ गर्न थाल्यो। अस्पतालहरूमा पूर्वाधार थप्न थाल्यो। नागरिकलाई सचेत बनाउन थाल्यो। तर पनि त्यहाँ किन यो विषाणुले आफ्नो प्रभाव पार्न छाडेन? प्रश्न अनुत्तरित छ।
अमेरिकाका संक्रामक रोग विशेषज्ञ एन्थोनी फाउची भन्छन्, “यो यस्तो अवस्था हो, जुन पहिले कहिल्यै देखिएको थिएन। पछिल्लो एक सय दुई वर्ष (१९१८ को इन्फ्लुएन्जा)पछि इतिहासमा यस्तो खतरनाक महामारी देखिएको छ।”
जनवरी १९ मा अमेरिकामा कोरोनाका कारण मर्नेको सङ्ख्या चार लाख नाघेको थियो। त्यसबखत डोनाल्ड ट्रम्प सत्तामा थिए। महामारीविरुद्ध लिनुपर्ने नीति र चाल्नुपर्ने कदममा चुकेको आरोप उनीमाथि लाग्दै आएको छ। उनको प्रशासनको अकर्मण्यताका कारण अमेरिकामा महामारी फैलिएको बताउने मानिस थुप्रै छन्। राष्ट्रपति पदमा उनको हारको प्रमुख कारण यही विफलतालाई मानिन्छ।
अमेरिकामा भाइरसबाट पहिलो मृत्युको घटना २०२० को जनवरीमा भएको थियो। त्यो घटना सान्ता क्लारा काउन्टी क्यालिफोर्नियामा भएको थियो। मृतकको सङ्ख्या लाख पुग्न चार महिना लागेको थियो।
सेप्टेम्बर महिनामा दुई लाख अनि डिसेम्बरमा तीन लाख मृत्यु अमेरिकाले झेल्यो। चार लाखबाट पाँच लाख पुग्न केवल दुई महिना लाग्यो।
कोरोना भाइरसविरुद्ध खोप लगाउन प्रयास चल्दाचल्दै पनि जुन १ मा पुग्दा मर्नेको सङ्ख्या पाँच लाख ८९ हजार हुने वासिंटन विश्वविद्यालयले चेतावनी दिएको छ। विश्वविद्यालयका एक प्राध्यापक भन्छन्, “मानिसहरूले यो महामारीबारे दशकौंसम्म कुरा गरिरहनेछन्।”
" /> काठमाडौं। महाशक्ति अमेरिकामा कोरोना संक्रमण नियन्त्रण हुने कुनै संकेत देखिएको छैन। त्यहाँ कोरोनाविरुद्धको खोप लगाउन थालिएको पनि लामो समय भइसकेको छ। मानिसहरूले सचेतता पनि अपनाइरहेका छन्, तर पनि कोरोना संक्रमण र त्यसका कारण हुने मृत्यु जारी छ।अमेरिकामा कोरोनाबाट मर्नेको सङ्ख्या संसारको २० प्रतिशत छ। त्यहाँ अहिलेसम्म यो महामारीका कारण ज्यान गुमाउनेको सङ्ख्या पाँच लाख नाघेको छ। संक्रमितको सङ्ख्या बढेर दुई करोड ७८ लाख ९६ हजार पुगेको छ। महामारीले त्यहाँ रोजगारी कठिन बनेको छ भने सरकारी ढुकुटी कमजोर बन्न पुगेको छ।

">