काठमाडौँ। पौष शुक्ल पूर्णिमादेखि साँखुस्थित शाली नदीमा माधवनारायणको व्रत बसेका व्रतालुले आज चाँगुनारायण मन्दिरमा स्नानसहित पूजा आराधना गरेका छन्।

माधवनारायणका व्रतालु तेस्रो तीर्थयात्राका लागि मङ्गलबार राति चाँगुनारायण पुगेका थिए। व्रतालुले आज बिहान चाँगुनारायणस्थित साङदहमा स्नान गरी चाँगुनारायणको मूल मन्दिरमा माधवनारायणलाई राखी पूजा आराधना गरेका थिए। माघ शुक्ल पूर्णिमासम्म चल्ने एक महिना लामो माधवनारायणको व्रतका क्रममा यो तेस्रो तीर्थयात्रा हो।

यसअघि पशुपति र दक्षिणकालीको शेषनारायण एवं काभ्रेपलाञ्चोकको पनौतीमा व्रतालुले तीर्थयात्रा सम्पन्न गरेका थिए। माधवनारायणको चाँगुनारायणमा हुने तीर्थयात्रा माघ शुक्ल एकादशीका दिन राति हुने गरेको छ, जसका लागि व्रतालु मङ्गलबार राति १० बजेपछि चाँगुनारायण पुगेका हुन्।

माघ शुक्ल द्वादशीका दिन बिहान सादहमा स्नान गरी चाँगुनारायणमा माधवनारायणको रथलाई राखेर पूजाआराधना गरेपछि साँखु गई व्रतालुले आ-आफ्नै घरघरमा भोजन गरेका छन्।

व्रतालु चाँगुनारायणबाट आज साँखु फर्किएर घरघरमा भोजन गरिसकेपछि साँखुमा भीमसेन जात्राको तयारी गरिएको छ। जात्रा साँखु बजार घुमाउने प्रचलन छ।

विगत वर्षमा करिब ४०० ले माधवनारायण व्रत गर्ने गरेकामा यस वर्ष कोरोना महामारीका कारण ४९ लाई मात्र स्वास्थ्य सुरक्षाका विधि अपनाएर सुरक्षित साथ राखिएको छ। महिला ३५ र पुरुष १४ गरी ४९ जना यसपटक व्रतमा सहभागी भई परम्परादेखि गरिँदै आएको माधवनारायण व्रतको संस्कृति संरक्षण गरिरहेको श्री माधवनारायण स्वस्थानी व्रत तथा शालीनदी सुधार समितिका अध्यक्ष मीजेन्द्रकाजी श्रेष्ठले बताए।

कोरोना महामारी भए पनि शालीनदीमा विगत वर्षमा जस्तै दर्शनार्थीको भीड लाग्ने गरेको छ। कोरोनापछि सबै क्षेत्र खुला भइसकेकाले दर्शनार्थी बिना हिच्किचाहट शालीनदीमा आइरहेका छन्। शङ्खरापुर नगरपालिकाले माधवनारायण मेला नचलाउने भने पनि देशका विभिन्न भागबाट स्वतः स्फूर्त रूपमा भक्तजन शालीनदीमा आएको समितिले जनाएको छ।

माधवनारायण मेलामा विगत वर्षको भन्दा पनि बढी भक्तजनको भीड लागेको छ। माधवनारायण मन्दिर छिर्न चाहने भक्तजनलाई निःशुल्क स्यानिटाइजर र मास्क वितरण गरिएको छ। अन्यत्र आउने भक्तजनलाई भने मास्क र स्यानिटाइजर प्रयोग गर्न माइकिङ गरिएको छ। माधवनारायण मेलाले ऐतिहासिक, सांस्कृतिक र धार्मिक शहर साँखुमा चहलपहल बढेको छ।

साँखु एवं शालीनदी आउने सार्वजनिक यातायातमा भीड छ। भक्तजन बढी आउने भएपछि यातायातमा दूरी कायम हुने अवस्था छैन। यात्रु कोचाकोच गरेर यात्रा गरिरहेका छन्।

पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म साँखुस्थित शालीनदीमा माधवनारायण व्रत हुने गरेको छ। शालीनदी मेला लाग्ने यो समयमा देशका विभिन्न स्थानका साथै विदेशबाट समेत श्रद्धालु भक्तजन साँखु आउने गरेका छन्।

यस वर्ष माघ शुक्ल पूर्णिमाका दिन फागुन १५ गतेसम्म शालीनदीमा माधवनारायण व्रत हुनेछ। माधवनारायण मेला पनि त्यसै दिनसम्मे चल्ने समितिले जनाएको छ। कोरोना महामारीका बीच पनि उल्लेख्य दर्शनार्थी शालीनदी आएका छन्।

रासस

" /> काठमाडौँ। पौष शुक्ल पूर्णिमादेखि साँखुस्थित शाली नदीमा माधवनारायणको व्रत बसेका व्रतालुले आज चाँगुनारायण मन्दिरमा स्नानसहित पूजा आराधना गरेका छन्।

"> माधवनारायणका व्रतालुद्वारा चाँगुनारायणमा पूजा आराधना: Dekhapadhi
माधवनारायणका व्रतालुद्वारा चाँगुनारायणमा पूजा आराधना

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्