काठमाडाैं। मानिसको सौन्दर्यमध्ये कपाल पनि एक हो । पछिल्लो समय धेरै मानिसको कम उमेरमै कपाल झर्ने समस्या देखिन थालेको छ । कपाल झरेर खुईलिएमा मानिसको आत्मविश्वासमा समेत कमी आउँछ ।
कपाल खुइलिएमा हिनताबोधसँगै तनाव उत्पन्न गर्छ । जसका कारण हामी आफ्नो वृत्तिविकासमा समेत ध्यान दिन सकिरहेका हुँदैनौं ।
दैनिक ५० देखि १०० वटासम्म कपाल झर्नु सामान्य हो । तर त्यसभन्दा धेरै कपाल झरेको छ भने चिकित्सकसँग सल्लाह लिनु आवश्यक हुन्छ । कतिपयलाई कपाल झर्नु सामान्य लाग्न सक्छ । तर कपाल असामान्य तरिकाले झरेको छ भने सचेत हुनुपर्ने हेयर ट्रान्सप्लान्ट सर्जर डाक्टर रुपक विक घिमिरे बताउँछन् ।
कसैमा कम उमेरमै कपाल झर्ने समस्या वंशानुगत हुन्छ । फाइबर फाइजाइट् टेस्ट इन्जाइम हाम्रो निधार र तालुको कपालको जरामा हुन्छ । यो इन्जाइमका कारण २० वर्षपछिमात्र कपाल झर्ने समस्या देखिन्छ ।
तर धेरैमा वातावरण प्रदुषण, कपालमा अनेक खालको कलर गर्दा, खानामा प्रोटिन र आईरनको कमी र अर्को प्रमुख कारण तनावले पनि कपाल झर्ने समस्या ल्याउँछ । लकडाउनको समयमा धेरै मानिसमा कपाल झर्ने समस्या बढेको डाक्टर घिमिरे बताउँछन् ।
तालुपनाको समस्या पुरुषमा ५० देखि ६० प्रतिशतसम्म हुन्छ भने महिलामा तालुपनाको समस्या १५ देखि २० प्रतिशत हुन्छ । कपाल झर्ने तरिका फरक हुन्छ । पुरुषमा निधारमाथि सबै चिल्लो हुने हुन्छ तर महिलामा निधारमा खुइलिँदै जाने वा सिउँदोको भाग रुख आकारमा जस्तो हुँदैन, कपाल झरेर चिल्लो हुन्छ ।
पुरुषहरुको तुलनामा महिलाहरुमा कपाल झर्ने समस्या कम हुन्छ । तर महिलामा कपाल झर्ने समस्या सामान्य हुँदैन । युवा अवस्थामा गर्भनिरोधक औषधि बढी प्रयोग गर्दा पनि कपाल झर्ने समस्या हुन्छ ।
गर्भनिरोधक औषधिले हार्मोनल असन्तुलन हुन्छ । क्यान्सर, हाइपरथाइराइड भएमा पनि महिलाको तालु खुईलिन्छ । कपालको रोगहरुका कारण पनि कपाल झर्ने डाक्टर रुपक विक घिमिरे बताउँछन् ।
अब कपाल झर्ने समस्याबाट कसरी जोगिने ?
अहिलेको समयमा कपाल झर्नु खासै ठूलो समस्या होईन । कपाल प्रत्यारोपण गर्न पनि सकिन्छ । तर हाम्रो जीवनशैली र खानपानको कारणले नै कपाल झरेको हो भने आफ्नो दैनिकीलाई परिवर्तन गर्नुपर्छ ।
बदलिँदो जीवनशैली र खानपानमा ध्यान दिने । हेयर प्रोडक्ट्सहरु किन्दा के–कस्ता रसायन, औषधिहरू प्रयोग गरिएको छ ख्याल गर्ने । प्रदुषण एवं तनावबाट जोगिनु प्रभावकारी देखिन्छ । यदि ख्याल गर्दा–गर्दै पनि कपाल झर्ने समस्या नरोकिएमा अन्तिम उपाय कपाल प्रत्यारोपण नै हुन्छ ।
नेपालमा कपाल प्रत्यारोपण करिब २० वर्ष अघिदेखि नै सुरु भएपनि पछिल्लो करिब पाँचवर्ष यता कपाल प्रत्यारोपणको बारेमा मानिसमा जानकारी बढ्दैछ । विश्वमा सबैभन्दा बढी कपाल प्रत्यारोपण गर्नेमा टर्की पहिलो देश हो । कपाल प्रत्यारोपण गर्नेमा पुरुष बढी छन् ।
कस्तो अवस्थामा कपाल प्रत्यारोपण गर्न मिल्दैन
अनियन्त्रण मधुमेह, थाइराइड, रक्तचाप, मासु पलाउने समस्या भएको, कपालको संक्रमण, कपाल निकाल्ने समस्या छ भने कपाल प्रत्यारोपण गर्नुहुँदैन । कपालको संक्रमण छ भने कुन प्रकारको संक्रमण हो त्यसको उपचार गरेर मात्र प्रत्यारोपण गर्नुपर्छ ।
" /> काठमाडाैं। मानिसको सौन्दर्यमध्ये कपाल पनि एक हो । पछिल्लो समय धेरै मानिसको कम उमेरमै कपाल झर्ने समस्या देखिन थालेको छ । कपाल झरेर खुईलिएमा मानिसको आत्मविश्वासमा समेत कमी आउँछ ।कपाल खुइलिएमा हिनताबोधसँगै तनाव उत्पन्न गर्छ । जसका कारण हामी आफ्नो वृत्तिविकासमा समेत ध्यान दिन सकिरहेका हुँदैनौं ।

">