काठमाडौं। मस्तिष्कघात भएका नेपाली कांग्रेस केन्द्रीय सदस्य नवीन्द्रराज जोशीको अवस्था अत्यन्तै जटिल बन्दै गएको उनको उपचारमा संलग्न चिकित्सकले बताएका छन्।
५८ वर्षीय नेता जोशीको थापाथलीस्थित नर्भिक अस्पतालमा उपचार भइरहेको। आज शल्यक्रिया गरेपछि उनलाई भेन्टिलेटरमा राखेर उपचार गराइरहेको अस्पतालले जनाएको छ।
जोशीको उपचारमा नेतृत्व गरिरहेका न्युरो सर्जन डा. राजीव झाले जोशी बाँच्ने थोरै भए पनि आशामा उपचार भइरहेको बताए। उनको स्वास्थ्य अवस्था जटिल रहेको उनले बताए।
“भेन्टिलेटरमा हुनुहुन्छ। उहाँको ब्लडप्रेसरलाई सामान्य बनाउन ब्लडप्रेसर बढाउने औषधि दिइरहेका छौं। स्थिर भन्ने अवस्था पनि छैन,” डा. झाले भने, “अब हामी बचाउन सक्दैनौं भन्ने अवस्थामा पनि छैनौं। हामीलाई थोरै भए पनि आशा छ। त्यही आशामा काम गरिरहेका छौं।”
जोशीलाई बिहीबार राति १२ बजेतिर बायाँ शरीरमा समस्या देखिएको थियो। समस्या देखिएपछि उनलाई वीर अस्पताल लगिएको थियो। वीर अस्पतालमा उपचार सम्भव नदेखिएपछि राति नै नर्भिक रिफर गरिएको थियो।
“उहाँको बायाँ हात र खुट्टा बाउडिएछ। श्रीमती र छोरीलाई अप्ठेरो भयो, अस्पताल लैजाऊ भन्नुभएछ। वीर अस्पताल आउँदासम्म गाडीमा बोल्नुभएको थियो। पछि बेहोस् हुनुभएछ,” डा. झाले भने, “वीरका डाक्टरले सिटी स्क्यान गर्दा टाउकोमा रगत जमेको देखिएपछि यहाँ रिफर गरिदिनुभयो। राति ३ बजे यहाँ आइपुग्दा उहाँ लगभग कोमामा हुनुहुन्थ्यो।’’
मस्तिष्कघात भएपछि जोशीले वान्ता गरेको र त्यो वान्ता फोक्सोसम्म पुगेको डा. झाले बताए।
नर्भिकले सुरूमा फोक्सोबाट वान्ता निकालेको थियो। पाइप हालेर सास फेर्न सहज बनाइएको थियो। “त्यही क्रममा मैले उहाँको आँखामा फुलो परेको देखेँ। त्यसको अर्थ आधा दिमागले काम गर्न छोडेको छ भन्ने हो। त्यसपछि फेरि सिटी स्क्यान गरेर हेर्दा दिमागमा पानी बन्द भएको देखियो,” डा. झाले भने।
जोशीलाई रक्तचाप, सुगर तथा रगत बाक्लो हुने समस्या रहेको उनको भनाइ छ। अहिले रगत पातलो हुने औषधि दिइरहेको डा. झाले बताए।
“हामीले विशेष रगत व्यवस्था गरेर माइनर अप्रेसनबाट जमेको पानी निकाल्यौं। दिमागमा अहिलेसम्म एक सय ३० मिलि लिटरभन्दा बढी पानी बाहिर निस्किसकेको छ। यसले बढेको प्रेसर घटाउन मद्दत गरेको छ,” उनले भने, “अहिलेसम्म हामीले भेन्टिलेटरमा नै राखेका छौं। उहाँलाई नचल्ने, नखोक्ने गरी विशेष तरिकाले राखेका छौं। त्यसरी राख्दा हल्लिएर ब्लिडिङको समस्या हुँदैन।”
यो एकदमै जटिल समस्या रहेको भन्दै यसबाट संसारभरिमा ६० देखि ७० प्रतिशत मानिसको मृत्यु हुने गरेको डा. झाले बताए। बाँचेका मानिसलाई पनि नराम्रो पक्षघात हुने गरेको र त्यो लामो समयसम्म रहने उनको भनाइ छ।
“बाँचेका ३० प्रतिशतलाई नराम्रो पक्षघात हुन्छ। पक्षघात हुने समस्या लामो समयसम्म देखिने अवस्था रहन्छ। हामी अहिले जसरी हुन्छ उहाँलाई बचाउने प्र्रयासमा लागिरहेका छौं,” डा. झाले भने, “भेन्टिलेटरमा राखेर नियमित चेकअप गरिरहेका छौं। होस् कतिको आएको छ? श्वास फेराई कतिको आएको छ। यस्ता कुरालाई हेरेर थप कदम चाल्छौं। त्यसका लागि प्रत्येक घण्टा चेकअप गरिरहेका छौं।”