काठमाडौं। एक महिनासम्म चलेको श्रीस्वस्थानी व्रत आज सकिनेछ। शालिनदीमा व्रतालुहरूले पूजाआराधना गरेर व्रत समापन गर्न लागेका हुन्।
विधिवत् रूपमा आज माघ शुक्ल पूर्णिमाका दिन मध्याह्नकालपछि विधिपूर्वक पूजा गरी व्रत समापन गरिन्छ। त्यसपछि रात्रिमा जाग्राम बसी आइतबार बिहान फूलपाती नदीमा सेलाएपछि यो वर्षको स्वस्थानी व्रत समापन हुनेछ।
व्रत समापनका लागि हजारौंको सङ्ख्यामा भक्तजनहरू शालिनदी पुगेका थिए। स्वस्थानी व्रतको अवधिभर पशुपति, गौरीघाट, गणेश मन्दिर, शालिनदी तथा सतीदेवीको अङ्गपतन भएका स्थानमा पूजाआजा गरेमा मोक्ष मिल्ने धार्मिक विश्वासका साथ ती स्थानमा भक्तजनको घुइँचो लागेको थियो।
महिनाभरि स्नान गरी मध्याह्न श्रीस्वस्थानीको पूजा गरी एक छाकमात्रै खाना खाएमा मनोकांक्षा पूरा हुने जनविश्वास रहिआएको छ।
सत्ययुगमा हिमालयकी पुत्री पार्वतीले महादेव स्वामी पाउनका लागि विष्णुको सल्लाहअनुसार निराहार रहेर स्वस्थानीको व्रत बसेपछि मनोकाङ्क्षा पूर्ण भएको विश्वास रहिआएको छ। सोही आधारमा परम्परागत रूपमा स्वस्थानी व्रतकथा श्रवण गर्ने र पूजाआजा गर्ने चलन छ।
व्रत समाप्तिका दिन श्रीस्वस्थानीको पूजा गरी चढाइने एक सय आठ रोटी, पान, कुड्का सुपारीलगायत सामग्रीमध्ये आठ रोटी, सुपारी र पानलगायत सामग्री आफ्ना श्रीमानलाई, श्रीमान् नभए छोरालाई, छोरा पनि नभए मितछोरालाई दिने र मितछोरा पनि नभए आफ्नो इच्छा पूरा होस् भनी खोलामा लगेर बगाइदिने र बाँकी एक सय रोटी व्रतालु स्वयंले खाने प्रचलन छ।
शालिनदीमा काठमाडौं उपत्यकामा मात्र नभएर विभिन्न जिल्लाहरूबाट समेत भक्तजनले माघ महिनाका स्वामी नामले चिनिने माधवनारायणको जलप्रसाद ग्रहण गरी गत पौष शुक्ल पूणिर्मादेखि व्रत शुभारम्भ गरेका थिए।
हरेक वर्ष शालिनदीमा २० लाखभन्दा बढी भक्तजनले दर्शन गर्ने गरेको मेला व्यवस्थापन समितिले जनाएको छ।
गत वर्ष एक महिनाको अवधिमा २० लाख भन्दा बढीले दर्शन गरेको समितिले जनाएको छ। यो वर्ष पनि कोरोना महामारीका बाबजुद पनि उल्लेख्य सङ्ख्यामा दर्शनार्थी दर्शनका लागि आएको श्री माधवनारायण स्वस्थानी व्रत तथा शालिनदी सुधार समितिका अध्यक्ष मीजेन्द्रकाजी श्रेष्ठले जानकारी दिए।
शालिनदीलाई लाखौं भक्तजनको आस्थाको केन्द्रको रूपमा विकास भइरहेको उनको भनाइ छ।
धार्मिकसँगै आर्थिक विकास
शालिनदी एक धार्मिक क्षेत्र मात्र होइन। शङ्खरापुर नगरपालिकाले पर्यटकीय क्षेत्रको रूपमा पनि विकास गरिरहेको छ। त्यसका लागि नगरपालिका, संघ र प्रदेश सरकार गरेर तीनै तहबाट दुई करोडभन्दा बढीको बजेट परिचालन भइरहेको शङ्खरापुर नगरपालिकाकी उपप्रमुख शुक्रलक्ष्मी श्रेष्ठले जानकारी दिइन्।
“हामीले यो क्षेत्रलाई निकै महत्त्व दिएर विकास तथा विस्तार गरिरहेका छौं। त्यसका लागि प्रयाप्त मात्रामा बजेट छ,” उनले भनिन्, “नगरपालिकाले ५० लाख बजेट छुट्याएको छ। त्यस्तै मन्दिरको पनि झण्डै त्यही ५० लाखको हाराहारीमा आम्दानी हुन्छ।”
त्यस क्षेत्रमा एक महिना व्यापार गर्नेले तीन÷चार महिनाको खर्च उठाउँछन्। स्वस्थानी व्रत मेलाको अवधिमा त्यस क्षेत्रमा विभिन्न किसिमको व्यापार गर्नेहरू बाहिरबाट समेत आउने गरेका छन्।
“यो भनेको त एक धार्मिक आस्थाको मात्र केन्द्र होइन, अहिले त पर्यटकीयसँगै आर्थिक दृष्टिकोणले पनि राम्रो विन्दु बन्दै गएको छ। यसको एकातिर धार्मिक महत्त्व छ भने अर्कोतिर व्यापारिक दृष्टिकोणले पनि राम्रो भइरहेको छ,” उपप्रुमख श्रेष्ठले भनिन्।
राजधानीबाट १७ किलोमिटर उत्तरपूर्वस्थित साँखुमा रहेको शालिनदी किनारमा पार्क निर्माण गरिएको छ।
भक्तजनबाट सङ्कलन भएको भेटी तथा चन्दाबाटै श्रीमहादेव नारायणपार्क निर्माण गरिएको हो। पार्क निर्माणका लागि गत वर्ष एक करोडभन्दा बढी आम्दानी भक्तजनबाट भएको थियो। सोही आधारमा पार्क निर्माण गरिएको अध्यक्ष श्रेष्ठले बताए।
" /> काठमाडौं। एक महिनासम्म चलेको श्रीस्वस्थानी व्रत आज सकिनेछ। शालिनदीमा व्रतालुहरूले पूजाआराधना गरेर व्रत समापन गर्न लागेका हुन्।विधिवत् रूपमा आज माघ शुक्ल पूर्णिमाका दिन मध्याह्नकालपछि विधिपूर्वक पूजा गरी व्रत समापन गरिन्छ। त्यसपछि रात्रिमा जाग्राम बसी आइतबार बिहान फूलपाती नदीमा सेलाएपछि यो वर्षको स्वस्थानी व्रत समापन हुनेछ।

">