रौतहट। महाशिवरात्रिका अवसरमा मौलापुर नगरपालिकास्थित पतौरा पुरातात्त्विक महादेव मन्दिरमा मधानी महायज्ञ हुँदै छ। नगरपालिकाले मेला तथा सांस्कृतिक कार्यक्रम पनि आयोजना गर्न लागेको पत्रकार सम्मेलनमा जनाइएको छ।

पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले नगरपालिकाले यही फागुन २७ गते शिवरात्रिमा मेला आयोजना गर्न लागेको उपप्रमुख गौरीशङ्कर जयसवालले बताए। सो अवसरमा नेपाली तथा भारतीय कलाकारको सांस्कृतिक प्रस्तुतिसमेत रहनेछ। ऐतिहासिक, धार्मिक तथा सांस्कृतिक महत्त्व बढाउन आयोजना हुने मेलाका अवसरमा मन्दिरमा स्थानीय तथा विशेष विधिबाट शिवको पूजाअनुष्ठान गरिनेछ।

फागुन २६ गतेदेखि नै मेलाको शुभारम्भ गरिने भए पनि मूलपूजा शिवरात्रिको दिन हुनेछ। सोही दिन अपराह्न १ बजेदेखि भोजपुरी सुपरस्टार अभिनेत्री अक्षरा सिंह, अभिनेता प्रदीप पाण्डे ’चिन्टु’लगायत लोकप्रिय नेपाली एवं भारतीय कलाकारको सांस्कृतिक प्रस्तुति रहने बताइएको छ।

लगातार ६ दिनसम्म रात्रि भारत वृन्दावनको मथुराका कलाकारद्वारा प्रसिद्ध शिवलीला प्रदर्शन हुने निमित्त प्रमुख प्रशासकीय अधिकृत रामबाबु साहले पत्रकार सम्मेलनमा जानकारी दिए। साहका अनुसार फागुन २८ गते भने नेपाल तथा भारतका चर्चित कुस्ती खेलाडीको सहभागितामा कुस्ती प्रतियोगिता आयोजना हुनेछ।

गत वर्ष पनि मधानी महायज्ञ आयोजना गरिएको थियो। कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारीले पशुपतिनाथ मन्दिरका मूल भट्टद्वारा मन्त्रोच्चारण गराई मन्दिरमा विशेष पूजा गरेकी थिइन्।

मेला आयोजना हुन लागेको पुरातात्त्विक महादेव मन्दिर एक हजार दुई सय वर्ष पुरानो रहेको पुरातात्त्विक उत्खननबाट देखिएको थियो।

सो मन्दिर पर्यटकका लागि एउटा महत्त्वपूर्ण गन्तव्य बनाउन नगरपालिकाले संरक्षण एवं प्रचार गर्दै आएको छ। नेकपा प्रदेश नं २ का अध्यक्ष तथा शहरी विकासमन्त्री प्रभु साहका पहलमा गत वर्षदेखि मन्दिरमा महायज्ञ आयोजना हुँदै आएको हो।

देशका थप नयाँ सय पर्यटकीय गन्तव्यमा सो पुरातात्विक मन्दिर पनि छनोट भएको छ।

रासस

" /> रौतहट। महाशिवरात्रिका अवसरमा मौलापुर नगरपालिकास्थित पतौरा पुरातात्त्विक महादेव मन्दिरमा मधानी महायज्ञ हुँदै छ। नगरपालिकाले मेला तथा सांस्कृतिक कार्यक्रम पनि आयोजना गर्न लागेको पत्रकार सम्मेलनमा जनाइएको छ।

पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले नगरपालिकाले यही फागुन २७ गते शिवरात्रिमा मेला आयोजना गर्न लागेको उपप्रमुख गौरीशङ्कर जयसवालले बताए। सो अवसरमा नेपाली तथा भारतीय कलाकारको सांस्कृतिक प्रस्तुतिसमेत रहनेछ। ऐतिहासिक, धार्मिक तथा सांस्कृतिक महत्त्व बढाउन आयोजना हुने मेलाका अवसरमा मन्दिरमा स्थानीय तथा विशेष विधिबाट शिवको पूजाअनुष्ठान गरिनेछ।

फागुन २६ गतेदेखि नै मेलाको शुभारम्भ गरिने भए पनि मूलपूजा शिवरात्रिको दिन हुनेछ। सोही दिन अपराह्न १ बजेदेखि भोजपुरी सुपरस्टार अभिनेत्री अक्षरा सिंह, अभिनेता प्रदीप पाण्डे ’चिन्टु’लगायत लोकप्रिय नेपाली एवं भारतीय कलाकारको सांस्कृतिक प्रस्तुति रहने बताइएको छ।

लगातार ६ दिनसम्म रात्रि भारत वृन्दावनको मथुराका कलाकारद्वारा प्रसिद्ध शिवलीला प्रदर्शन हुने निमित्त प्रमुख प्रशासकीय अधिकृत रामबाबु साहले पत्रकार सम्मेलनमा जानकारी दिए। साहका अनुसार फागुन २८ गते भने नेपाल तथा भारतका चर्चित कुस्ती खेलाडीको सहभागितामा कुस्ती प्रतियोगिता आयोजना हुनेछ।

गत वर्ष पनि मधानी महायज्ञ आयोजना गरिएको थियो। कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारीले पशुपतिनाथ मन्दिरका मूल भट्टद्वारा मन्त्रोच्चारण गराई मन्दिरमा विशेष पूजा गरेकी थिइन्।

मेला आयोजना हुन लागेको पुरातात्त्विक महादेव मन्दिर एक हजार दुई सय वर्ष पुरानो रहेको पुरातात्त्विक उत्खननबाट देखिएको थियो।

सो मन्दिर पर्यटकका लागि एउटा महत्त्वपूर्ण गन्तव्य बनाउन नगरपालिकाले संरक्षण एवं प्रचार गर्दै आएको छ। नेकपा प्रदेश नं २ का अध्यक्ष तथा शहरी विकासमन्त्री प्रभु साहका पहलमा गत वर्षदेखि मन्दिरमा महायज्ञ आयोजना हुँदै आएको हो।

देशका थप नयाँ सय पर्यटकीय गन्तव्यमा सो पुरातात्विक मन्दिर पनि छनोट भएको छ।

रासस

"> मौलापुर महादेव मन्दिरमा मधानी महायज्ञ हुँदै: Dekhapadhi
मौलापुर महादेव मन्दिरमा मधानी महायज्ञ हुँदै
रौतहट। महाशिवरात्रिका अवसरमा मौलापुर नगरपालिकास्थित पतौरा पुरातात्त्विक महादेव मन्दिरमा मधानी महायज्ञ हुँदै छ। नगरपालिकाले मेला तथा सांस्कृतिक कार्यक्रम पनि आयोजना गर्न लागेको पत्रकार सम्मेलनमा जनाइएको छ।

पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले नगरपालिकाले यही फागुन २७ गते शिवरात्रिमा मेला आयोजना गर्न लागेको उपप्रमुख गौरीशङ्कर जयसवालले बताए। सो अवसरमा नेपाली तथा भारतीय कलाकारको सांस्कृतिक प्रस्तुतिसमेत रहनेछ। ऐतिहासिक, धार्मिक तथा सांस्कृतिक महत्त्व बढाउन आयोजना हुने मेलाका अवसरमा मन्दिरमा स्थानीय तथा विशेष विधिबाट शिवको पूजाअनुष्ठान गरिनेछ।

फागुन २६ गतेदेखि नै मेलाको शुभारम्भ गरिने भए पनि मूलपूजा शिवरात्रिको दिन हुनेछ। सोही दिन अपराह्न १ बजेदेखि भोजपुरी सुपरस्टार अभिनेत्री अक्षरा सिंह, अभिनेता प्रदीप पाण्डे ’चिन्टु’लगायत लोकप्रिय नेपाली एवं भारतीय कलाकारको सांस्कृतिक प्रस्तुति रहने बताइएको छ।

लगातार ६ दिनसम्म रात्रि भारत वृन्दावनको मथुराका कलाकारद्वारा प्रसिद्ध शिवलीला प्रदर्शन हुने निमित्त प्रमुख प्रशासकीय अधिकृत रामबाबु साहले पत्रकार सम्मेलनमा जानकारी दिए। साहका अनुसार फागुन २८ गते भने नेपाल तथा भारतका चर्चित कुस्ती खेलाडीको सहभागितामा कुस्ती प्रतियोगिता आयोजना हुनेछ।

गत वर्ष पनि मधानी महायज्ञ आयोजना गरिएको थियो। कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारीले पशुपतिनाथ मन्दिरका मूल भट्टद्वारा मन्त्रोच्चारण गराई मन्दिरमा विशेष पूजा गरेकी थिइन्।

मेला आयोजना हुन लागेको पुरातात्त्विक महादेव मन्दिर एक हजार दुई सय वर्ष पुरानो रहेको पुरातात्त्विक उत्खननबाट देखिएको थियो।

सो मन्दिर पर्यटकका लागि एउटा महत्त्वपूर्ण गन्तव्य बनाउन नगरपालिकाले संरक्षण एवं प्रचार गर्दै आएको छ। नेकपा प्रदेश नं २ का अध्यक्ष तथा शहरी विकासमन्त्री प्रभु साहका पहलमा गत वर्षदेखि मन्दिरमा महायज्ञ आयोजना हुँदै आएको हो।

देशका थप नयाँ सय पर्यटकीय गन्तव्यमा सो पुरातात्विक मन्दिर पनि छनोट भएको छ।

रासस

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्