काठमाडौं। भारतको पुनेकी एक १४ वर्षीया किशोरीले पार्किन्सनका बिरामीका लागि उपयोगी यन्त्र बनाएकी छन्। जुई केसकरले पार्किन्सन रोग पीडितका लागि उपयोगी यन्त्र बनाएकी हुन्।
पार्किन्सन भनेको मानिसको शरीरमा कम्पन उत्पन्न गराउने एक प्रकारको गम्भीर रोग हो । मानिसले नचाहँदा नचाहँदै पनि हात हल्लिने गर्छ । र उनले काम गर्न सक्दैन।
उनले आफ्नो काकालाई उक्त रोग लागेपछि यसबारे अनुसन्धान थालेकी थिइन्। रोगको अनुसन्धानका क्रममा सफ्टवेयर र हार्डवयरका साथै अन्य विषयको समेत अध्ययन गरेकी थिइन्।
शरीरमा हुने कम्पन नाप्न सकेमा रोग नियन्त्रण हुन सक्ने उनले पत्ता लगाएकी हुन्। अनुसन्धानपछि उनले कम्पन नाप्न सक्ने यन्त्र निर्माण गरेकी हुन्। उक्त यन्त्रको सही उपयोग गरी नियमपूर्वक औषधि सेवन गर्न सकियो भने यो रोग निको हुने उनको दाबी छ।
उनले निर्माण गरेको यन्त्र हातमा लगाउने पञ्जा आकारको छ। यसले शरीरमा हुने कम्पनको तथ्यांक संकलन गर्छ । सो यन्त्रका कारण उनले थुप्रै पुरस्कार तथा अवार्ड समेत पाएकी छन्।
अमेरिकामा हुन लागेको आईएसईएफको प्रर्दशनीमा समेत भारतको प्रतिनिधित्व गर्न लागेकी छन्। आफ्नो देशका लागि यस्तो काम गर्न पाउँदा निकै खुसी र गौरम्भावित महशुस भएको उनको प्रतिक्रिया छ । एजेन्सी