हालै मैले पूर्वमिस एसिया प्यासिफिक तथा अभिनेत्री दिया मिर्जाको फोटो सार्वजनिक भएको देखे। उनले मुम्बईका व्यापारी वैभव रेखीसँग विवाह गरेकी छन्।
यो विवाह संचार माध्यममा निकै चर्चित भएको थियो। यसको कारण भनेको उनी एक सेलिबे्रटीमात्रै नभएर अन्य धेरै कारणहरु थिए । मिर्जाको विवाह एक महिला पुजारीले गरेकी थिईन। विवाहपछि न त बेहुली विदा भईन् न त बुबाले कन्यादान नै गरे।
“सही छनोटबाट नै बदलावको सही सुरुवात हुन्छ”, दिया मिर्जाले भनिन्। तर व्यक्तिगत रुपमा मलाई तस्बिर निकै राम्रो लाग्यो। उक्त तस्बिरमा वैभवकी छोरी समायराले मिर्जाको हात समातेर मण्डवतर्फ लैजादै थिईन्। समायराले हातमा एक कार्ड लिएकी थिईन् जसमा “बुबा कि छोरी” लेखिएको थियो।
विवाहपछिका फोटाहरुमा समायराले खुबै रमाईलो गरेकी देखिन्छ । उनी बेहुला बेहुलीमाथि फुलको वर्षा गर्दै आफ्नो बुबाको विवाहमा मनैदेखि सरिक भएकी थिईन्।
बुबाको विवाहमा छोरी सहभागी हुनुको महत्वलाई वैभवकी पूर्वपत्नी सुनयना रेखीले पनि दोहर्याईन्।
उनले इन्स्टाग्राममा नवविवाहित जोडिलाई विवाहको बधाई दिँदै एक भिडियो पोस्ट गरिन्। सुनयनाले आफ्नो भिडियोलाई इंगित गर्दै छोरी बुबाको विवाहमा सहभागी भएको र मुम्बईमा नयाँ परिवार पाएकोमा आफू निकै खुसी रहेको बताएकी थिईन्।
दिया मिर्जाको बाबुआमाको पनि सम्वन्धबिच्छेत भएको थियो। र उनले मिस इन्डिया बने देखि नै जिन्दगीमा सौतेनी बाबुको राम्रो प्रभावबारे खुलेर बताउँदै आएकी छन्।
तपाईहरु मलाई किन यि कुराहरुमा चासो भन्ने सोचिरहनु भएको होला । म पनि सम्बन्धबिच्छेद भएको र छोरीको एक्लो अभिभावक हुँ। मैले दिया मिर्जाले दोस्रो विवाह गरेको केहीपछि आफ्नो सम्बन्धबिच्छेदको उत्सव मनाउँदै थिएँ।
त्यसो त मेरो सम्बन्धबिच्छेदको आधिकारिक दस्तावेजमा कानुनी मोहर लागेको तीन वर्ष भईसकेको छ। त्यसअघि हामीबीचको सम्बन्धमा लामो तनावको समय बितिसकेको थियो।
सम्बन्धबिच्छेदलाई उत्सव मान्नुको कारण
सम्बन्धबिच्छेदको वर्षगाँठका अवसरमा मैले उत्सव मनाउने पोष्ट सामाजिक सञ्जालमा हालेपछि फेरि त्यही प्रश्न दोहोर्याएर सोध्न थालियो जुन पहिले पनि सोध्ने गरिन्थ्यो। आखिर सम्बन्धबिच्छेदमा उत्सव मनाउनुको पछि के छ ? के यो यति सजिलो छ ? के तिमी अरु महिलालाई पनि सम्बन्धबिच्छेद गर भन्ने सल्लाह दिन्छौं ? के आमाबाबुको सम्बन्धबिच्छेदका कारण बच्चालाई मुस्किल हुँदैन ?
म यी सवालहरुको पालैपालो जवाफ दिन चाहन्छु ।
म आफ्नो जिन्दगीको त्यो “डरलाग्दो उपलब्धि” पहिलेको र पछिको उत्सव मनाउने गर्छु । मानिसहरु दुःखी हुन विवाह गर्छन् जस्तो मलाई लाग्दैन । त्यस्तै विवाहको मतलब सम्बन्धबिच्छेद त्यसमा पनि बच्चा भइसकेपछि सम्बन्धबिच्छेद गर्न पनि होइन।
विवाहका बेला उनीहरुको सोचमा पूरा जिन्दगी साथ बिताउने नभएपनि आउदो कैयौं वर्षसम्म साथैं जिउने सोच भने हुने गर्दछ। तर जिन्दगी तिमीले सोचेकै बाटो चल्दछ भन्ने त छैन नि !
मेरो विवाहित जीवनको यात्रा दुई दशक लामो रह्यो। एक सन्तान भएकी आमाले यत्रो वर्षपछि स्वभाविक रुपमा सम्बन्धबिच्छेद गर्न सजिलो थिएन।
मेरा बुबाको केही वर्षअघि मृत्यु भएका कारण व्यक्तिगत रुपमा अझै समस्या थियो । यसबेला मसँग भावानात्मक सहाराका लागि अरु कोही थिएन । न त मसँग सामाजिक वा आर्थिक सहाराको कुनै आधार थिए।
कुनैपनि सम्बन्ध जतिसुकै खराब किन नहोस् त्यसलाई अलग्याउन निकै कठिन हुन्छ। तिमीलाई नराम्रो व्यवहार नै गरिएतापनि, दमन नै गरिएतापनि, प्रेमको नामोनिसान नै नरहेतापनि छुट्टिन एकदमै मुस्किल हुने गर्दछ।
व्यक्तिगत अनुभव
म कसैलाई सम्बन्धबिच्छेद गर भन्ने सल्लाह दिन्नँ । कसैले गर्न पनि हुन्नँ । विवाह होस् वा सम्बन्धबिच्छेद यो नितान्त निजी अनुभव हो। यस्तो बेला जसलाई असर परेको छ उसैले निर्णय गर्नुपर्छ। तर म महिला पुरुष दुबैलाई खराब सम्वन्ध वा परिस्थितिको बन्धनबाट आफूलाई स्वतन्त्र गर्न सल्लाह दिन्छु । चाहे त्यो सम्बन्ध विवाहको होस् वा अन्य कुनै । म तिमीले चिनेको कसैले यस्तो निर्णय गर्दै छ भने उसलाई सकेको सहयोग गर्ने सल्लाह दिन्छु।
आमाबाबुको सम्बन्धबिच्छेद पक्कैपनि बच्चालाई निकै कठिन हुने गर्छ । कसैलाई पनि एक्लै रहेर बालबच्चाको पालनपोषण गर्न सजिलो हुँदैन। हाम्रो समाजलाई हेर्ने हो भने त एक्लो सम्बन्धबिच्छेद महिलाको हकमा यो झनै मुस्किलको हुन्छ।
बच्चाले समाजबाट पाउने यातनाको जिम्मेवार तिमीलाई नै मान्न सक्छ। घर भत्काउनुको जिम्मेवार तिमीलाई लगाउन पनि सक्छन्। तरपनि मलाई लाग्छ यदि आमाबुबाबीच झगडा भईरहेको छ, उनीहरुपमा प्रेम छैन भने झगडालु आमाबाबुका बिचमा पिल्सिनुभन्दा बच्चाका लागि आमा वा बाबु कोही एक सँग रहनु नै उचित हुन्छ।
आमूल परिर्वतन
म फेरि आफ्नो व्यक्तिगत यात्राको बारेमा बताउँछु। सम्बन्धबिच्छेद केबल भावनात्मक रुपमा मात्रै हुन्न । यसले कुनैपनि महिलाको आर्थिक सामाजिक स्थितिमा पनि परिर्वतन गरिदिन्छ। त्यसपछिको जिन्दगी पूरा तनावमा बित्न पनि सक्दछ।
मैलेपनि यस्तो सोचको सामना गरेकी छु जसले मेरो स्वास्थ्यमा पनि खराब असर गरेको थियो। तर मैले आफ्नो जिन्दगीको निर्णय आफैंले गरे र यसबाट आएका सबै समस्याहरुलाई आफैंले सामना गरेँ भन्ने सोच्दा आनन्द आउँछ र मलाई यसको घमण्ड पनि छ।
मैले सुरुवाती दिनहरुमा नै सम्बन्धबिच्छेद भएपछि जिन्दगी सहज हुन्न भन्ने बुझेकी थिएँ। एक मुस्किल विवाहित जिन्दगीबाट खुुल्ला हुनुको कडा मूल्य चुकाउनु पर्दछ। म शिक्षित र आफ्नै खुट्टामा अडिएकी छु। स्वावलम्बी छु र भारतको एक ठूलो सहरमा बस्छु । मेरो भाग्य राम्रो रहेछ । मसँग यी सब छन्। तरपनि मलाई समाजका ति सबै घोचपेचको सामना गर्नुपरेको छ।
यसलाई यौनको चाहना धेरै नै होला। यसको अरु पुरुषहरुसँग पनि सम्बन्ध छ होला। यसले एक छोरा पनि दिन सकिन। आफ्नो छोरीलाई उसको बाबुबाट छुट्याउने कस्ती कठोर आमा जस्ता अन्तहीन आरोपका सिलसिला छन् । समाजले सम्बन्धबिच्छेद गर्दा गर्ने सबै घोचपेचलाई मैले पनि सामना गर्नु परेको थियो।
मलाई याद छ एकपटक मैले मेरो साथीलाई भारतमा सम्बन्धबिच्छेद गर्नुभन्दा विधवा हुन नै सजिलो रहेको बताएकी थिएँ । समाजले तिमीलाई यौनकुण्ठाको नजरले नै हेर्दछ। मानिसहरु तिमी यौनसम्बन्ध राख्न बेचैन रहेको भन्ने सोच्दछन्। उनीहरु तिमीमाथि दयाको भावना पनि राख्दछन्। तिमीलाई अपसगुन पनि मान्ने गर्दछन्। उनीहरु तिमीलाई विवाह जस्तो पवित्र सम्बन्ध र एक परिवार भाड्ने आरोप पनि लगाउँछन्। तर सम्बन्धबिच्छेद पछि धेरैजसो महिलाले नै यी सबै आरोपहरुको बोझ उठाउनु पर्दछ।
यदी दोस्रो विवाह भए पनि धेरैजसो जोडिएको परिवारमा तालमेल मिलाउन असहज हुने गर्दछ।
तिमीहरु बलिउडका फिल्ममा देखाएजस्तो दोस्रो विवाहपछिको तनावरहित जिन्दगीको त कल्पनै नगर। सत्य जिन्दगीमा सम्बन्धबिच्छेद गरेकी महिलाले दोस्रो विवाह गरेपछि सायद नै समाजमा पहिलेको जस्तै दर्जा पाउँछन्।
निश्चय नै सम्बन्धबिच्छेदपछि जिन्दगीका धेरैचिजहरु दाउमा हुन्छन्। सम्बन्धबिच्छेदको निर्णय निकै मुश्किल हुने गर्दछ र यसको परिणाम निकै खराब पनि हुन सक्दछ।
तर अब सबैभन्दा ठूलो प्रश्न आउछ के म सम्बन्दबिच्छेद भएकोमा लज्जित छु ?
छैन । बिल्कुलै हैन । म एक सम्बन्धमा वचनबद्ध थिए। जब मैले यो सम्बन्धमा लामो यात्रा गर्न सकिन। त्यसपछि यस सम्बन्धबाट मैले कानुनी र सम्मानजनक तरिकाबाट अलग्गिए।
लाजको अनुभव
के मेरी छोरी मेरो सम्बन्धबिच्छेदबाट लज्जित छिन् ? हुनसक्छ उसले सुरुवातमा केही लाजको अनुभव गरेकी थिईन् । उनले आफ्ना साथीहरुलाई आमाको सम्बन्धबिच्छेदका बारेमा बताउँदा केहि हिचकिचाहट भयो होला। मेरो सम्बन्धबिच्छेदको समयमा छोरी आठ वर्षकी मात्रै थिइन् ।
तर यसबेला म आफ्नो छोरीसँग लगातार कुरा गरिरहन्थेँ। म जहिले अदालत जादाँपनि मेरी छोरीलाई अदातल जानुको कारण र श्रीमानसँग अलग हुनुका कानुनी तरिका के हुन्छन् भन्ने बुझाउँथे ।
नयाँ जिन्दगी नयाँ चुनौती
मेरी आमा सुरुवातमा आफ्ना परिवारजन, आफन्तहरु वा आफ्ना चिनजानमा मेरो सम्बन्धबिच्छेदबारे बताउन चाहनुहुन्न थियो । जुन मेरा लागि कुनै नौलो कुरा थिएन ।
लकडाउनको समयमा म अक्सर मलाई केही भईहाले मेरी छोरीको अवस्था के हुन्छ भन्ने डरले निकै सताउथ्यो । स्वाभाविक रुपमा सम्बन्धबिच्छेद भएका महिलाहरुप्रति समाजमा संवेदनशीलता वा सहनाभूति कम नै हुन्छ । मानिसहरु अचम्म प्रकारका प्रश्नहरु सोध्ने गर्दछन् । वर्षगाँठ र जन्मदिनको उत्सव अक्सर खाली हुन्छ । यसबेला केही गुमाउनुको अनुभव मनैदेखि हुने गर्दछ। तरपनि मलाई मेरो सम्बन्धबिच्छेदको निर्णयमा कुनै पछुतो छैन न त एक्लो हुनुमा मलाई कुनै लाज नै छ ।
जबसम्म समाजमा हाम्रा वरपर रहेका मानिसहरु बदलिदैनन् । तबसम्म मासिनहरु विवाहसँगै सम्बन्धबिच्छेदलाई पनि सामान्य नजरले हेर्दैनन् ।
त्यसबेलासम्म म र मजस्ता अन्य महिलाहरुले आफ्नो छाला मोटो बनाउदै हामीलाइै लज्जित बनाउन कोशिस गर्नेहरुको आँखामा आँखा जुधाएर कुरा गर्न सक्नुपर्दछ। हामीमाथि लाग्ने आरोपहरुलाई पर धकेल्न पर्दछ। यसबेला एक्लोपन हावी हुनसक्छ। किनकि सम्बन्धबिच्छेदपछि धेरैजसो महिलाहरुले बाँकी जिन्दगी एक्लै बिताउनुपर्ने हुनसक्छ।
आफ्नो निर्णय आफूले नै गर्नसक्ने क्षमताको एक अलग्गै खुसी हुने गर्दछ। गर्वको महसुस हुने गर्दछ। यदि यसका लागि जस्तोसुकै मूल्य चुकाउनु परेपनि त्यसका लागि तयार रहनुपर्छ ।
(बीबीसी हिन्दीबाट अनुदित पूजा प्रियंवदाको ब्लग)