काठमाडौं। कोरोना भाइरसविरुद्धको खोप खोप लगाइरहँदा थुप्रै खालका प्रश्न तथा जिज्ञासा आइरहेका छन्। संसारकै नयाँ विषय भएकाले धेरैको जिज्ञासा आउनु पनि सामान्य नै हो।
धेरैले पहिलो डोजको खोप लगाइसकेको अवस्थामा दोस्रो डोज लगाउने वा नलगाउने भन्नेमा जिज्ञासा राख्ने गरेका छन्।
खोपको पहिलो डोज लगाइसकेको अवस्थामा दोस्रो डोज पनि लगाउनै पर्ने हो भन्ने प्रश्नमा विश्व स्वास्थ्य संगठन नेपालका नेसनल प्रोफेसनल अफिसर डा. राहुल प्रधानले खोपका दुवै डोज लगाउनुपर्ने बताए। आज स्वास्थ्य तथा जनसंख्या मन्त्रालयद्वारा आयोजि सञ्चारकर्मीसँगको 'कोभिड-१९ खोपको विज्ञान र नेपालमा खोप अभियान' विषयक छलफलमा डा. प्रधानले खोपको दुवै डोज लगाउनुपर्ने बताएका हुन्।
खोपको एक डोज लगाउँदा पनि एन्टीबडी बन्ने तर, दुवै डोज लगाउँदा प्रभावकारी र दीर्घायू हुने बताए। "पहिलो डोज लगाउँदा पनि एन्टीबडी त बनिसकेको हुन्छ। त्यो भने छोटो र त्यति प्रभावकारी हुँदैन। त्यसका लागि दुवै जोड अनिवार्य लगाउनुपर्छ," डा. प्रधानले भने।
पहिलो डोज लगाएको १२ हप्ताभित्र दोस्रो डोजको खोप लगाउन सकिने उनको भनाइ छ। यसअघि चार हप्ताभित्र खोपको दोस्रो डोज लगाउनुपर्ने भनिएको थियो। विश्वमा भएका विभिन्न अध्ययन तथा अनुसन्धानले १२ हप्ताभित्रमा पनि खोप लगाउन सकिने देखिएको उनले बताए।
" /> काठमाडौं। कोरोना भाइरसविरुद्धको खोप खोप लगाइरहँदा थुप्रै खालका प्रश्न तथा जिज्ञासा आइरहेका छन्। संसारकै नयाँ विषय भएकाले धेरैको जिज्ञासा आउनु पनि सामान्य नै हो।धेरैले पहिलो डोजको खोप लगाइसकेको अवस्थामा दोस्रो डोज लगाउने वा नलगाउने भन्नेमा जिज्ञासा राख्ने गरेका छन्।

">