काठमाडौं। नेपालस्थित संयुक्त राष्ट्रसंघ (यूएन)को कार्यालयले ‘कोभ्यास फेसिलिटी’ अन्तर्गत कारोनाविरुद्धको खोप प्राप्त गर्ने नेपाल एसियाकै पहिलो राष्ट्र भएको जनाएको छ।
कोभ्याक्सको पहिलो खेपअन्तर्गत आज तीन लाख ४८ हजार मात्रा खोप आज काठमाडौं आइपुगेपछि नेपालस्थित यूएनको कार्यालयले विज्ञप्ति जारी गर्दै यसलाई ऐतिहासिक बताएको छ।
“सबै नागरिकलाई कोभिड-१९ विरुद्धको खोप प्रदान गर्ने नेपाल सरकारको पहलमा कोभ्याक्सले प्रदान गरेको खोप सहयोगी बन्नेछ,” यूएन कार्यालयद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।
विभिन्न सहृदयी देशका सरकार, अन्तर्राष्ट्रिय संस्था, फाउन्डेसनहरू तथा निजी क्षेत्रबाट प्राप्त एवं सीईपीआई, गावी, युनिसेफ र विश्व स्वास्थ्य संगठनको सहयोजनामार्फत कोभ्याक्स सुविधाअन्तर्गत खोप उपलब्ध गराउन सम्भव भएको यूएनले जानकारी दिएको छ।
“विश्व इतिहासकै सबैभन्दा ठूलो खोप खरिद एवं आपूर्ति अभियानमार्फत विश्वका सबै देशमा कोभिड-१९ खोप न्यायोचित रूपमा पुर्याउनेतर्फको यो एउटा ऐतिहासिक कदम हो,” विज्ञप्तिमा भनिएको छ।
सन् २०२१ को मे महिनासम्ममा कोभ्याक्सले नेपाललाई १९ लाख २० हजार मात्रा खोप उपलब्ध गराउने प्रतिबद्धता जनाएको छ। जसमध्ये पहिलो चरणमा आज सेरम इन्स्टिट्युट अफ इन्डिया (एसआईआई) द्वारा उत्पादित तीन लाख ४८ हजार मात्रा अस्ट्राजेनेका खोप नेपाल ल्याइएको हो।
खोपका साथै तीन लाख ५० हजार थान सिरिन्ज र तीन हजार पाँच सय थान सुरक्षित खोप बाकस काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुगेको यूएन कार्यालयले जानकारी दिएको छ।
“नेपाल सरकारको राष्ट्रव्यापी खोप अभियानअन्तर्गत नागरिकलाई प्रदान गर्ने गरी यी खोप तथा सामग्री विभिन्न प्रदेश तथा नगरपालिकाहरूमा पुर्याइनेछ,” यूएन कार्यालयद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।
‘कोभ्याक्स फेसिलिटी’लाई आर्थिक सहायता प्राप्त भएसम्म नेपालको २० प्रतिशत जनसंख्यालाई पुग्ने गरी खोपको मात्रा सहयोग गर्ने लक्ष्य रहेको विज्ञप्तिमा जनाइएको छ।
“शरणार्थी, स्वदेश फर्केका आप्रवासी कामदारका साथै अन्य आप्रवासी जनसंख्याको समेत गरी झन्डै दुई करोड २० लाख जनसंख्यालाई खोप प्रदान गर्ने गरी नेपाल सरकारले तयार पारेको राष्ट्रिय खोप कार्य योजनाको लागि अत्यन्तै सहयोगी सिद्ध हुनेछ,” यूएनले बताएको छ।
भारत सरकारबाट सहयोगस्वरूप प्राप्त खोपमार्फत हालसम्म नेपालमा चार लाख २९ हजार सात सय पाँच जनालाई खोप लगाइसकिएको छ।
कोभ्याक्स फेसिलिटीका लागि अस्ट्रेलिया, फिनल्यान्ड, फ्रान्स, जर्मनी, जापान, कोरिया, नर्वे, कतार, साउदी अरेबिया, स्विजरल्याण्ड, बेलायत, अमेरिका तथा युरोपेली आयोगका साथै विभिन्न फाउण्डेसन तथा व्यापारिक प्रतिष्ठानहरूबाट सहयोग प्राप्त भएको छ।
कोभ्याक्स फेसिलिटीअन्तर्गत प्राप्त खोप आइपुगेसँगै कोरोना भाइरस संक्रमण जोखिममा रहेका तथा कोभिड-१९ का कारणले गम्भीर बिरामी पर्नसक्ने अत्यधिक खतरामा रहेकाहरूलाई खोप प्रदान गर्ने नेपालको पहल कदमीमा सहयोगी हुने विश्वास विज्ञप्तिमा व्यक्त गरिएको छ।
“खोपसँगै कोभिड-१९ बाट जोगिने जनस्वास्थ्यका विभिन्न उपायहरूको पालना पनि उत्तिकै जरूरी छ,” युन कार्यालयले भनेको छ, “यसमा परीक्षण र क्वारेन्टिनको नियमको पालना गर्ने, मास्क लगाउने, हातको सरसफाइ र कम्तीमा दुई मिटरको भौतिक दूरी कायम गर्नेलगायत पर्दछन्।”
२०२१ को जनवरीमा कोभिड-१९ खोप अभियानको सुरूआत गर्दै नागरिकलाई खोप प्रदान गर्न सुरू गर्ने विश्वकै अग्रणी देशहरूमा पर्न सफल भएकोमा विकास साझेदारहरूले नेपाललाई बधाई ज्ञापन गरेको विज्ञप्तिमा स्मरण गरिएको छ।
कोभ्याक्स फेसिलिटीको तर्फबाट प्रदान गरिएको खोपलगायत अन्य सहयोगमार्फत नेपालसँगको ऐक्यबद्वता जारी रहने प्रतिबद्धता यूएनले दोहोर्याएको छ।
“यस महामारीपछिको पुनरुत्थानमा कोही पनि नेपाली नछुटुन् भनी सुनिश्चित गर्नका लागि नेपालका विकास साझेदारहरू नेपालसँग सहकार्य गर्न प्रतिबद्ध रहेका छन्,” यूएनले विज्ञप्तिमा भनेको छ।
" /> काठमाडौं। नेपालस्थित संयुक्त राष्ट्रसंघ (यूएन)को कार्यालयले ‘कोभ्यास फेसिलिटी’ अन्तर्गत कारोनाविरुद्धको खोप प्राप्त गर्ने नेपाल एसियाकै पहिलो राष्ट्र भएको जनाएको छ।“सबै नागरिकलाई कोभिड-१९ विरुद्धको खोप प्रदान गर्ने नेपाल सरकारको पहलमा कोभ्याक्सले प्रदान गरेको खोप सहयोगी बन्नेछ,” यूएन कार्यालयद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।

">