काठमाडौँ। पाटनस्थित कुमारी घरको पुनर्निर्माण कार्य सुरु गरिएको छ।
नेपालका लागि भारतीय राजदूत विनय मोहन क्वात्राले आज एक समारोहबीच कुमारी घरको शिलान्यास गरेका हुन्।
समारोहमा ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जन, पूर्वसंस्कृति मन्त्री तथा ललितपुरका पूर्व मेयर बुद्घिराज बज्राचार्य, राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका परियोजना निर्देशक श्यामकिशोर सिंह, कुमारी छेँ उपभोक्ता समितिका सदस्य एवं समुदाय सदस्यहरूको उपस्थिति रहेको थियो।
कार्यक्रममा भारतीय राजदूतावासको पुनर्निर्माण एवं विकास प्रभागका अधिकारीहरूको पनि सहभागिता थियो।
नेपालका आठ जिल्लामा सांस्कृतिक सम्पदा परियोजनाको संरक्षण, पुनर्स्थापना तथा पुनर्निर्माणका लागि भारत सरकारले ५.८ अर्ब आर्थिक सहयोग प्रदान गर्ने प्रतिबद्घता जनाइसकेको छ।
सोही प्रतिबद्घताअनुरूप पुनर्निर्माण हुन लागेका २८ वटा सांस्कृतिक सम्पदामध्येको कुमारी घरको विकास र पुनर्निर्माण कार्य दोस्रो परियोजना हो।
“यी २८ वटा क्षेत्रहरू नेपाल सरकारले पहिचान गरेका हुन्। यी परियोजनाहरूको कार्यान्वयन राष्ट्रिय पुनर्निर्माण प्राधिकरण र केन्द्रीय आयोजना कार्यान्वयन इकाई (भवन)ले गरिरहेको छ,” भारतीय दूतावासद्वारा आज जारी विज्ञप्तिमा उल्लेख छ।
वि.सं. २०७२ को भूकम्पबाट क्षति भएका सांस्कृतिक सम्पदाको संरक्षण र पुनर्निर्माणका लागि नेपालको प्राचीन स्मारक संरक्षण ऐन तथा पुरातत्त्व विभागले निर्धारण गरेको मापदण्डअनुरूप कुमारी घरको संरक्षण गरिने दूतावासले जनाएको छ।
पुनर्निर्माण कार्यमा पुरानो भवनको पुनर्स्थापना गरिनुका साथै भित्तेचित्रको संरक्षण पनि गरिनेछ, जसले कुमारी देवीको पूजाअर्चना गर्ने भवनको रूपमा काम गर्नेछ।
“अब बन्ने कुमारी निवासमा परम्परागत वास्तुकलालाई समेटिएको छ। नेवार समुदायको सामाजिक, धार्मिक तथा सांस्कृतिक जीवनमा कुमारी देवीको महत्त्वलाई यी परम्परागत विशेषताहरूले प्रतिकात्मक शैलीमा प्रतिनिधित्व गरेका छन्,” दूतावासले भनेको छ।
" /> काठमाडौँ। पाटनस्थित कुमारी घरको पुनर्निर्माण कार्य सुरु गरिएको छ।नेपालका लागि भारतीय राजदूत विनय मोहन क्वात्राले आज एक समारोहबीच कुमारी घरको शिलान्यास गरेका हुन्।

">