काठमाडौं। संसारका सयभन्दा बढी देशमा पुगेको कोरोनाविरुद्धको खोप अहिलेसम्म करिब ३० करोडले लगाएका छन्। विभिन्न देशमा खोप दिने गति फरक छ।
कतिपय देशमा करोडौंले खोप लगाइसकेका छन् भने केही देशले अहिलेसम्म त्यो पाएका छैनन्।
विश्वस्तरमा हेर्दा अहिलेसम्म खोप ३.९ प्रतिशतमा पुगेको छ। अधिकांश देशमा फाइजर र बायोएनटेकको खोप सबैभन्दा अगाडि रहेको छ। यी दुवै खोपलाई निश्चित तापक्रममा राख्नुपर्ने हुन्छ।
हालसम्म खोप लगाउने मुलुकमा अमेरिका सबैभन्दा अघि छ। त्यहाँ प्रति सयमा २७.३ जना ले खोप पाइसकेका छन्। अमेरिकामा ९.०३ करोड मानिसले कोरोनाविरुद्धको खोप लगाइसकेका छन्।
आफ्ना नागरिकलाई खोप लगाउने दौडमा दोस्रो नम्बरमा चीन रहेको छ। त्यहाँ ३.६ प्रतिशत अर्थात् पाँच करोड २५ लाखले खोप लगाइसकेका छन्।
बेलायतमा दुई करोड ३५ लाखले खोप पाएका छन् भने छिमेकी भारतमा हालसम्म दुई करोड ३० लाखजनाले खोप लगाइसकेका छन्। ब्राजिलमा एक करोड तथा टर्कीमा ९९ लाखले खोप प्राप्त गरिसकेका छन्।
विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले यो वर्षको अन्त्यसम्ममा गरिब देशहरुमा खोप पुर्याउने दाबी गरेको छ। डब्ल्यूएचओको यो अभियानअन्तर्गत सबैभन्दा पहिला खोप पाउने देश घाना हुन पुगेको छ।
दुई सय कम्पनी खोप परीक्षणमा
कोरोनाको त्रास अझै पनि घटेको छैन। कयौं देश अहिले पनि खोपको प्रतीक्षामा छन्। यसैबीच संसारका दुई सयभन्दा बढी कम्पनी खोप निर्माणपछिको परीक्षणमा लागेका छन्। यी कम्पनीहरुको खोपले परीक्षणमा सफलता पाए भने संसारभर खोप सहजै उपलब्ध हुन सक्नेछ।
छिमेकी भारत खोप उत्पादनमा अग्रणी बनेको छ। भारतले नेपाललगायत अन्य थुप्रै देशमा खोप उपलब्ध गराएको छ। भरतमा खोप अभियान सुरु भएको ५२ दिन भइसकेको छ। मार्च ८ का दिनमात्रै त्यहाँ २० लाखभन्दा बढी मानिसलाई खोप लगाइयो। भारतमा हालसम्म दुई करोड ३० लाखले खोप लगाइसकेका छन्।
नेपालमा हालसम्म २३ लाख ४८ हजार डोज खोप उपलब्ध भएको छ। यी खोप भारतमा बनेका हुन्। फागुन २३ गतेदेखि नेपालमा ६५ वर्ष नाघेका सबैलाई खोप लगाउन सुरु गरिएको छ। त्यसअघि स्वास्थ्य तथा सफाइकर्मी, सञ्चारकर्मीलगायतलाई खोपको पहिलो डोज लगाइएको थियो।