काठमाडौं। ज्योती थापा आज बिहान सात बजेदेखि पशुपतिनाथ मन्दिरमा पूजा गर्नका लागि लाइनमा बसिन्। लाइन बसेको साढे दुई घण्टापछि उनी पशुपतिको मुल मन्दिर प्रवेश गरेर भगवान शिवको पूजा आराधना गरिन्।
पूजाअर्चना गरेपछि उनी बाहिर घुम्न निस्किइन्। घुम्ने क्रममा उनी पशुपति मन्दिरको पछाडितर्फ रहेको पशुपति आर्यघाटनजिकै पुगिन्। जहाँ एकै पटक सातवटा शव जलिरहेको देखिन्। उनले जीवनमा पहिलोपटक यस्तो दृश्य देखेकी थिइन्।
निकै डरकाबीच उनले आफैंलाई सम्हालिन्। र, जीवनको यथार्थ बुझ्ने प्रयास गरिन्। एकै पटक सात वटा चिता दनदनी बलिरहेको देख्दा उनले जीवनको अन्तिम सत्य भनेकै मृत्यु भएको बुझिन्।
“साढे दुई घण्टा लाइन लागेर शिव भगवानको पूजा गरेँ। त्यो अढाइ घण्टाको बीचमा मनमा थुप्रै कुराहरू खेलिरहेका थिए। अब जीवनमा गएर यस्तो गर्नुपर्छ, ठूलो मान्छे बन्नुपर्छ, जस्ता कुराहरू खेलिरहेका थिए। तर, पूजा गरेर बाहिर आएर आर्यघाटतिर हेर्दा नै जीवनको सत्य यही लाग्यो,” उनले भनिन्।
सामान्यतया सुनसान रहने पशुपति क्षेत्रमा आज भने दिनभर मानिसहरूको भीड रह्यो। शिवरात्रीको अवसरमा राष्ट्रप्रमुख विद्यादेवी भण्डारीसहित झण्डै सात लाखले दर्शन गरे। त्यो बीचमा अधिकांशको ध्यान पूजा गर्नतिर नै थियो। तर, त्यही पशुपतिमा अर्को हृदयविदारक दृश्य पनि थिए। ज्योतीले भनेझैं सोही दृश्यले नै जीवनको यथार्थ बुझाउँथ्यो।
एकातिर शिवको पूजाअर्चना गर्नेहरू आउने क्रम जारी थियो। र, मन्दिरमा पूजाअर्चना चलिरहेको थियो। अर्कोतिर चितामा शवहरू जलिरहेका थिए। मृतकका परिवारको रूवाबासी चलिरहेको थियो। मृतकका आफन्त सायद सोचिरहेका थिए- गत वर्ष त हामी पनि पशुपतिमा पूजा गर्न आएका थियौं।
शिवरात्रीको अवसरमा आज पशुपतिमा पूजाअर्चना गर्नुबाहेक थुप्रै रोचक दृश्य पनि देखिएका थिए। जुन दृश्य कसैको जीविकोपार्जनसँग जोडिएका थिए भने कसैलाई समयको हतारो थियो।
धेरैका गुजारा गर्ने थलो
पशुपतिमा पूजा गर्ने मात्र थिएनन्। त्यहाँ त पेटको लागि संघर्ष गर्नेहरू पनि थिए। अपाङ्गता भएका, अशक्त, गरिब, मजदुरलगायत व्यक्तिहरू त्यही पशुपतिमा दर्शनार्थीले दिएको दुई चार पैसा संकलन गर्न बसेका थिए।
अपाङ्गता भएका व्यक्तिहरू स्पिकरसहित त्यहाँ उपस्थित थिए। उनीहरू दर्शन गर्न आएकाहरूले दिने पैसा तथा अन्य सामग्री संकलन गरिरहेका थिए।
“पशुपतिमा दर्शन गर्ने आउनेहरूले दुई-चार पैसा भए पनि सहयोग गरिराख्नुभएको छ। यही सहयोगबाट हाम्रो परिवारको जीविकोपार्जन चलेको छ,” एक दृष्टिविहीन दम्पतीले भने।
उनीहरूले कसैलाई करकापमा नपारेर स्वइच्छाले सहयोग गर्नेबाट प्राप्त भएको सहयोग नै लिइरहेका थिए।
पण्डितहरूको बेग्लै पारा
पशुपतिमा दर्शनका लागि आएका भक्तजनलाई टीका लगाइदिन भनेर पण्डितहरू पनि टीका र फूल लिएर बसेका थिए। महिला तथा पुरूष पण्डितहरूले टीका लगाउँदै भक्तजनबाट प्राप्त दक्षिणा तथा अन्य सामग्री लिइरहेका थिए।
त्यस्तै सवा लाख बत्ती बाल्ने, विशेष पूजा गर्ने कार्यक्रम पनि जारी थियो। सवा लाख बत्ती बाल्नका लागि पूजा गरिसकेपछि पण्डितले भने, “सवा लाख बत्ती बालेको एक हजार एक सय ११ रूपैयाँ दक्षिणा दिनुपर्छ।”
गेटबाहिरै पूजा
मन्दिरभित्र गएर पूजा गर्नका लागि लामो समय लाइन बस्नुपथ्र्यो। त्यो सबैका लागि सम्भव पनि भएन। त्यसपछि समय नभएकाहरू तथा लाइनमा बस्न झन्झट मान्नेहरूले पशुपति मन्दिरभित्र प्रवेश नै नगरी गेटमै पूजा गरेको देखिए।
मन्दिर परिसरको गेटबाहिरै बत्ती बाल्नुका साथै पूजा गरिरहेका थिए। त्यही नजिकै एक जना पण्डित पनि आफ्नो काममा लागिहाले। ती पण्डितले भने, “भित्र जान नपाएकाहरू यहीनेर बत्ती बालेर गइरहेका छन्। यसरी बाहिरै बत्ती बाल्दा पनि भइहाल्छ।”
सभ्य नागा बाबा
विगत वर्षहरूमा नागा बाबाहरू निर्वस्त्र हुन्थे। तर, यो वर्ष भने उनीहरू निकै सभ्य देखिएका थिए। उनीहरूले शरीरको माथिल्लो भागमा कुनै कपडा नलगाए पनि तल्लो भागमा कपडा थियो। बाबाहरूसँग तस्बिर खिच्नेको भीड थियोे। त्यसमा पनि टिकटक बनाउनेको संख्या धेरै थियो।
राष्ट्रपति फर्किएपछिको दृश्य
राष्ट्रपति विद्यादेवी भण्डारी पशुपतिमा पूजा गरेर फर्किएपछि भने माहोल निकै तातेको थियो। राष्ट्रपतिले सबैलाई दुवै हात हल्लाएर अभिवादन गरेपछि भने हुटिङ चल्यो।
राष्ट्रपति फर्किसकेपछि भने सबै जना एक साथ मन्दिरभित्र प्रवेश गर्न खोजेका थिए। जसले गर्दा दर्शनार्थीहरूलाई लाइन लगाउन सुरक्षाकर्मी तथा स्वयंसेवकलाई निकै हम्मेहम्मे परेको थियो।
खर्पनमा बोकेरै जलपान सेवा
पशुपतिमा धेरैले विभिन्न प्रकारले सेवा गरिरहेका थिए। कसैले चियापान गराइरहेका थिए भने कसैले चिसो वितरण गरिरहेका थिए।
त्यही भीडमा एक जना वृद्ध थिए, जो खर्पनमा पानी बोकेर निःशुल्क रूपमा वितरण गरिरहेका थिए। भक्तपुरका ती वृद्धले दुईवटा गाग्रीमा पानी भरेर खर्पनमा डुलाउँदै भक्तजनहरूलाई दिइरहेका थिए।
यीबाहेक पशुपतिमा अरू विभिन्न रोचक दृश्य देख्न पाइन्थ्यो। जसले गर्दा पूजा गर्न आएकाहरूलाई थप रौनकता मिलिरहेको थियो। त्यहाँ स्वास्थ्य शिविर, भजनकृतन, टाउकोमा हात राखेर भक्तबाट दक्षिणा दिने भारतीय बाबा जस्ता दृश्यहरू पनि पशुपति परिसरमा थिए।