एन्फा र मेडिसिटी अस्पतालबीच सम्झौता
<p style="text-align: justify;">काठमाडौं। अखिल नेपाल फुटबल संघ (एन्फा)ले मेडिकल साझेदारका रूपमा नेपाल मेडिसिटी अस्पतालसँग आइतबार एक वर्षका लागि सम्झौता गरेको छ।</p>
<p style="text-align: justify;">सम्झौताअनुसार अस्पतालले दक्ष चिकित्सक, फिजियोथेरापिष्ट र उच्च स्तरीय उपकरणसहितको स्पोर्टस् मेडिसिन सेवा प्रदान गर्नेछ।</p>
<p style="text-align: justify;">राष्ट्रिय टिम र ‘ए’ डिभिजनका खेलाडीका लागि ५ लाख तथा ‘बी’ र ‘सी’ डिभिजन खेल्ने खेलाडीको ३ लाखको बीमा हुनेछ।</p>