चीनबाट आठ लाख कोरोना खोप ल्याउन जहाज पठाइने
<p>काठमाडौँ। चीनले नेपाललाई दिने आठ लाख डोज कोरोनाविरुद्धको खोप लिन सरकारले विमान पठाउने भएको छ। </p>
<p>खोपलगायतका सामग्री लिन सरकारले नेपाल एयरलाइन्सको ‘ए–३३०’ जहाज चैत १५ गते बेइजिङ पठाउने भएको हो। चैत १६ गते खोपलगायत अत्यावश्यक सामग्री लिई जहाज फर्किनेछ। </p>
<p>चैत १ गतेको मन्त्रिपरिषद् बैठकले चीनले दिने कोरोनाविरुद्धको खोप ‘भेरासेल’लगायत सहायता सामग्री स्वीकार गर्ने निर्णय गरेको थियो।</p>
प्रतिक्रिया दिनुहोस्