लामखुट्टे भगाउने ६ प्रकारका बोटबिरुवा <p>काठमाडौं। प्रकृतिमा केही यस्ता बोटबिरुवा छन्, जसलाई लामखुट्टेले मन पराउँदैन। ती बोटबिरुवाबाट आउने गन्ध लामखुट्टेलाई पटक्कै मन पर्दैन। यसलाई प्राकृतिक लामखुट्टे नियन्त्रक बोटबिरुवा मान्न सकिने प्रारम्भिक अनुसन्धानले देखाएको छ।</p> <p>सिट्रोनेला ग्रास, बासिल, लेमन बाम, पेपरमिन्ट, लाभेन्डर, क्याटनिपजस्ता वनस्पतिबाट उत्पन्न हुने गन्धबाट लामखुट्टे नियन्त्रण गर्न सकिने ती अध्ययनले पुष्टि गरेका छन्। उल्लिखित वनस्पतिबाट निस्कने तेल अहिले पनि लामखुट्टेनाशक औषधि बनाउन प्रयोग हुँदै आएको छ।(एजेन्सी)</p>
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्