विदेशबाट आउने १० दिन क्वारेन्टाइनमा बस्न अनिवार्य
<p>म्याग्दी। म्याग्दीमा छिमेकी देश तथा अन्य मुलुकबाट आउनेलाई अनिवार्य १० दिन दिन क्वारेन्टिन (एकान्तबास) मा राखिने भएको छ । </p>
<p>जिल्ला प्रशासन कार्यालयमा बसेको सर्वपक्षीय बैठकले कोरोना भाइरसको संक्रमण फैलिन नदिन पूर्वतयारी, सतर्कता र व्यवस्थापनका लागि १५ बुँदे निर्णय र मापदण्ड तयार गरेको हो । </p>
<p>बैठकले विदेशबाट जिल्ला भित्रिनेलाई अनिवार्य १० दिन क्वारेन्टिनमा बस्नुपर्ने व्यवस्था गरेको छ ।</p>
प्रतिक्रिया दिनुहोस्