टेली स्वास्थ्य र मानसिक स्वास्थ्य परामर्श कार्यक्रम सञ्चालन गर्न २३ करोड
<p>काठमाडौं। गैरआवासीय नेपाली संघ (एनआरएनए)ले टेलि–स्वास्थ्य, मानसिक स्वास्थ्य परामर्श लगायतका कार्यक्रम संचालनको लागि २३ करोड रुपैयाँ खर्च गर्ने भएको छ। </p>
<p>महामारीको प्रभाव कम गर्न उक्त कार्यक्रमहरु ल्याइएको हो। </p>
<p>सबै कार्यक्रमका लागि अन्तर्राष्ट्रिय र राष्ट्रिय समन्वय परिषद्हरुबाट १३ करोड र यूएन अन्तर्गतका निकायबाट प्राप्त १० करोड गरी कूल २३ करोड रुपैयाँ बराबरको रकम परिचालन गरिएको एनआरएनले जनाएको छ।</p>
प्रतिक्रिया दिनुहोस्