काठमाडौंमा वायु प्रदूषण उच्च, वायुमण्डलमा धूलोसँगै धूँवा मिसियो
<p>काठमाडौं। काठमाडौँसहित विभिन्न स्थानको वायु प्रदूषण उच्च विन्दु पुगेको छ। देशका विभिन्न स्थानमा लागेको डढेलाको कारण वायु प्रदूषण बढेको मौसमविद् राजु प्रधानाङ्गले जानकारी दिए। </p>
<p>काठमाडौंको वायुमण्डलमा धूलोका कण मात्र नभएर धूँवा पनि मिसिएकाले यस्तो भएको उनको भनाइ छ। यसले आँखा पोल्ने, श्वासप्रश्वासमा असर गर्नेजस्ता समस्या देखिएको उनको भनाइ छ। डढेलो नियन्त्रणमा नआउँदासम्म यस्तो समस्या रहिरहनेछ।</p>
प्रतिक्रिया दिनुहोस्