भारतबाट फर्कनेलाई अनिवार्य स्वास्थ्य मापदण्ड अपनाउन एनआरएनएको आग्रह
<p>काठमाडौं। गैरआवासीय नेपाली संघ(एनआरएनए)ले भारतबाट नेपाल फर्कनेलाई अनिवार्य स्वास्थ्य मापदण्ड अपनाउन आग्रह गरेको छ। <br />
अहिले भारतमा कोरोना संक्रमितको संख्या ह्वात्तै बढेकाले नेपाल फर्कने व्यक्तिलाई एनआरएनएले आज विज्ञप्ति जारी गर्दै आग्रह गरेको हो।</p>
<p><br />
“उच्च स्वास्थ्य सतर्कता अपनाउनुका साथै खोप लगाएका र नलगाएका सबैले मास्क, सामाजिक दूरी, हात सरसफाइ, खुल्ला ठाउँमा बसेर जनस्वास्थ्य मापदण्ड पालना गर्न आग्रह गरिन्छ,” विज्ञप्तिमा भनिएको छ।</p>
प्रतिक्रिया दिनुहोस्