चीनद्वारा प्रदान गरिएको खोप प्रधानमन्त्रीलाई हस्तान्तरण
<p>काठमाडौं। चीन सरकारले अनुदानमा उपलब्ध गराएको कोरोना खोप प्रधानमन्त्री केपी शर्मा ओलीलाई हस्तान्तरण गरिएको छ। </p>
<p>बालुवाटारमा एक कार्यक्रमको आयोजना गरेर नेपालको लागि चिनियाँ राजदूत हउ यान्छीले प्रधानमन्त्री ओलीलाई आठ लाख डोज खोप हस्तान्तरण गरेकी हुन्।</p>
<p>खोप बुझ्दै प्रधानमन्त्री ओलीले नेपाल र चीनको सम्बन्ध एक कदम अगाडि बढेको बताए।</p>
प्रतिक्रिया दिनुहोस्