देशमा फैलिएको प्रदुषणका कारण बालबालिका अफ्ठेरोमा, विद्यालय बन्द गर्ने सरकारको तयारी <p>काठमाडौं। राजधानी लगायतका देशका विभिन्न स्थानमा प्रदुषणको मात्र ह्वात्तै बढेपछि सरकारले बालबालिकाको स्वास्थ्यमा असर नगरोस भनेर विद्यालय बन्द गर्ने तयारी गरेको छ।&nbsp;</p> <p>&ldquo;अहिले पनि श्वास फेर्न अफ्ठ्यारो भइरहेको छ&rdquo;, प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नै निवास बालुवाटारमा आयोजिक कार्यक्रममा बोल्दै भने, &ldquo;यस्तो अवस्था बालबालिका र अन्यको स्वास्थ्यका लागि उपयुक्त नहुन सक्छ। त्यसकारण बालबालिकालाइृ घरमै रहन दिनको निम्ति केही दिन विद्यालयहरु सञ्चालन नगर्ने बारेमा सोचिरहेका छौं।&rdquo;</p> <p>प्रधानमन्त्री ओलीले छिट्टै केही दिनको लागि विद्यालय बन्द गर्ने निर्णय गर्ने बताए।</p>
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्