केही दिन विद्यालय बन्द गर्ने सरकारको तयारी
<p>काठमाडौं। सरकारले केही दिन विद्यालय बन्द गर्ने तयारी गरेको छ। वायु प्रदूषणबाट बालबालिकालाई असर पर्ने भन्दै सरकारले विद्यालय बन्दको तयारी थालेको हो। प्रधानमन्त्री केपी शर्मा ओलीले वायु प्रदूषणबाट बालबालिकालाई बचाउन केही दिन विद्यालय बन्द गर्ने विषयमा छलफल भइरहेको बताए। </p>
<p>यो विषयमा छिट्टै निर्णय हुने उनको भनाइ छ। केही दिनयता काठमाडौँ उपत्यकासहित देशका विभिन्न स्थानमा वायु प्रदूषण बढेको छ।</p>
प्रतिक्रिया दिनुहोस्