शरणार्थीलाई कोरोना खोप लगाउने नेपाल एसिया-प्यासिफिककै पहिलो राष्ट्र
<p>काठमाडौँ। शरणार्थीलाई खोप लगाउनेमा नेपाल एसिया-प्यासिफिक क्षेत्रमै पहिलो राष्ट्र बनेको छ। </p>
<p>शरणार्थीसम्बन्धी राष्ट्रसंघीय उच्च आयोग (युनएनएचसीआर)को कार्यालयले शरणार्थीलाई खोप दिने नेपाल एसिया–प्यासिफिक क्षेत्रमै पहिलो राष्ट्र भएको जनाएको हो। नेपाल सरकारले यसै महिना भुटानी शरणार्थीलाई कोरोना खोप दिएको थियो। </p>
<p>नेपालले हालसम्म भारत र चीनबाट अनुदान सहयोग, कोभ्याक्स सुविधा र खरिद गरी ३२ लाख ४८ हजार डोज कोरोना खोप प्राप्त गरिसकेको छ।</p>
प्रतिक्रिया दिनुहोस्