नवलपुर। नवलपरासी (बर्दघाट-सुस्तापूर्व)मा १४ जना कुष्ठरोगी भेटिएका छन्। जिल्ला स्वास्थ्य कार्यालयका अनुसार पहाडी क्षेत्रमा पर्ने तीन गाउँपालिकाबाहेक सबै स्थानीय तहमा कुष्ठरोगका बिरामी भेटिएका छन्।
स्वास्थ्य कार्यालयका कुष्ठरोग स्रोतव्यक्ति वीरबहादुर श्रेष्ठका अनुसार साउनदेखि फागुनसम्ममा कुष्ठरोगी भेटिएका हुन्। मध्यविन्दु नगरपालिकामा दुई महिलासहित पाँच, गैँडाकोट नगरपालिकामा दुई महिलासहित चार र देवचुली नगरपालिकामा एक महिलासहित तीन कुष्ठरोगी भेटिएका हुन्।
यस्तै कावासोती नगरपालिका र विनयी त्रिवेणी गाउँपालिकाका एक-एक पुरुषमा कुष्ठरोग देखिएको छ। हुप्सेकोट, बुलिङटार र बौदिकाली गाउँपालिकामा भने कुष्ठरोगी फेला परेका छैनन्।
रासस
" /> नवलपुर। नवलपरासी (बर्दघाट-सुस्तापूर्व)मा १४ जना कुष्ठरोगी भेटिएका छन्। जिल्ला स्वास्थ्य कार्यालयका अनुसार पहाडी क्षेत्रमा पर्ने तीन गाउँपालिकाबाहेक सबै स्थानीय तहमा कुष्ठरोगका बिरामी भेटिएका छन्।स्वास्थ्य कार्यालयका कुष्ठरोग स्रोतव्यक्ति वीरबहादुर श्रेष्ठका अनुसार साउनदेखि फागुनसम्ममा कुष्ठरोगी भेटिएका हुन्। मध्यविन्दु नगरपालिकामा दुई महिलासहित पाँच, गैँडाकोट नगरपालिकामा दुई महिलासहित चार र देवचुली नगरपालिकामा एक महिलासहित तीन कुष्ठरोगी भेटिएका हुन्।
यस्तै कावासोती नगरपालिका र विनयी त्रिवेणी गाउँपालिकाका एक-एक पुरुषमा कुष्ठरोग देखिएको छ। हुप्सेकोट, बुलिङटार र बौदिकाली गाउँपालिकामा भने कुष्ठरोगी फेला परेका छैनन्।
रासस
">