निःशुल्क स्वास्थ्य शिविरमा २७५ लाभान्वित
<p>सिन्धुली। जिल्ला आयुर्वेद स्वास्थ केन्द्र सिन्धुलीले गोलन्जोर गाउँपालिकामा आयोजना गरेको एकदिने निःशुल्क स्वास्थ्य शिविरमा २७५ जना लाभान्वित भएका छन् ।</p>
<p>केन्द्रले जिल्लावासीलाई आफ्नै ठाउँमा विशेषज्ञ सेवा उपलब्ध गराउने उद्देश्यले आयोजना गरिएको शिविरमा उच्च रक्तचाप, मधुमेह, हाडजोर्नीका बिरामीलाई स्वास्थ परीक्षण गर्नुका साथै औषधि वितरण र पञ्चकर्म विधिबाट उपचारसमेत गरिएको थियो ।</p>
<p>यता जिल्लको तीनपाटन गाउँपालिकामा रहेका ज्येष्ठ नागरिकका लागि आयुर्वेदिक औषधि वितरण गरिएको छ ।</p>
प्रतिक्रिया दिनुहोस्