युरोपमा खोप अभियान सुस्तः डब्ल्यूएचओ <p>काठमाडौं। युरोपेली मुलुकमा कोरोनाविरुद्धको खोप अभियान अस्वीकार्य रुपमा सुस्त भएकोमा विश्व स्वास्थ्य संगठन(डब्ल्यूएचओ)ले चिन्ता व्यक्त गरेको छ। यसले महामारी लामो सयमसम्म कायम हुने डब्ल्यूएचओको भनाइ छ।<br /> आजसम्म केवल १० प्रतिशत युरोपेलीले मात्रै खोप लगाएका छन्। चार प्रतिशतमा खोपको दुवै डोज पुगेको छ। डब्ल्यूएचओका क्षेत्रीय निर्देशक डा. हंस क्लुजले भने, &lsquo;&lsquo;महामारीबाट बच्न खोप प्रमुख हो, तर युरोपमा खोप अभियानको अवस्था चिन्ताजनक छ।&rsquo;&rsquo;(एजेन्सी)</p>
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्