अब मोडर्नाको भ्याक्सिनको एक सिसीमा १५ डोज
<p>काठमाडौं। अब मोडर्ना कम्पनीले बनाएको कोरोनाविरुद्धको भ्याक्सिनको एक सिसीमा १५ डोज औषधि राखिने भएको छ। अमेरिकी खाद्य तथा औषधि प्रशासनले मोडर्नालाई यस्तो परिवर्तनको स्वीकृति दिएको हो।<br />
यसअघि एक सिसीमा १० डोज भ्याक्सिन हुन्थ्यो। अब १० डोज भएको सिसीबाट ११ डोजसम्म निकाल्न सकिने भएको छ। यसले खोप अभियानलाई थप मद्दत पुग्ने विश्वास गरिएको छ। हालसम्म अमेरिकामा १० करोड मानिसलाई खोप लगाइसकिएको छ।(एजेन्सी)</p>
प्रतिक्रिया दिनुहोस्